काठमाडौँ २४ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वनै त्रसित भएको छ । यसको रोकथामको लागि विश्वका वैज्ञानिकहरु पूर्ण रुपले लागिपरेका छन् । कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको छ । यसै सन्दर्भमा धर्म संघ–संस्थाहरु किन मौन रहेको भन्दै विश्व भक्त भूमि बाबाले प्रश्न गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको अयोजना गरेर नेपाललाई कोरोना भाइरसको आतंक फैलिन नदिन सम्पूर्ण धर्मगुरुलाई एकजुट भएर आवाज उठाउन र जनचेतना फैलाउन विश्व भक्त भूमि बाबाले आग्रह गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल समेत उच्च जाखिममा रहेकोले त्यसकारण सम्पूण नेपाली समाजमा सतर्कता अपनाउन धर्मगुरुहरुलाई अगाडि आउन विश्व भक्त बाबाले सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
हल्लाको भरमा कोरोना भाइरसको त्रासलाई कम गराउन र जनचेताना फैलाउन विश्व भूमि बाबाले सरकारसंग आग्रह गरेका छन् । उनले भने,‘देशमा कोरोनाको भ्रम फैलाएर व्यापार गर्नेप्रति सरकारले कडा रुपमा निगरानी गर्नु आवश्यक रहेका छ ।’ त्रिभूवन विमानस्थलबाट छिर्ने प्रत्यक नागरिकको कडा रुपमा निगरानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोनाको संक्रमण नेपालमा देखा परे नेपाललाई ठूलो मात्रामा क्षति हुनेसमेत उनले बताए । कोरोना भाइरसको त्रास फैलाएर ब्रम्हलुट गर्ने व्यापारीलाई सरकारले कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
सम्पूर्ण भीडभाड हुने स्थलहरुलाई पूर्ण रुपमा बन्द गर्न विश्व भूमि बाबाको आग्रह रहेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुप्रति जनचेतनाको कार्यक्रम ल्यानुपर्ने आवश्यक रहेको उनले बताए । सिनेमा घर, सपिङ कम्प्लेक्स, नाइट क्लबजस्ता भिडभाड हुने ठाँउमा तत्कालै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् ।
काम बाहेक अन्य ठाँउमा घुम्न नजान सम्पूर्ण नागरिकको ध्यानाकर्षण गराएका छन् । हालसम्म कोरोना भाइरसका कारण मूत्यु हुनेको संख्या तीन हजार पाँच सय पुगेको तथ्यांक छ । सोही भाइरसको संक्रमणमा एक लाखभन्दा बढि मानिस प्रभावित भएको समेत बाबाले जनाएका छन् ।
उनले सम्पूर्ण विदेशी नागरिकहरुलाई विमानस्थलमा कडा रुपमा परिक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त भाइरसको भ्याक्सिन निर्माणमा समय लाग्ने भएको कारण सर्तकता अपनाउन र भिडभाडबाट टाढा बस्न सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन् ।
नेपालमा कोरानोका भ्रम र त्रास फैलाउने व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने उनको मागसमेत रहेको छ । यस्तो महामारीको बेलामा सरकार गम्भीर हुनुपर्ने र जनतासामू सही समाचार दिन समेत उनले आग्रह गरेका छन् ।