Logo

कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाएका छौं : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, २४ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगाउनकोल लागि सरकारले सचेताना तथा उच्च सतर्कता अपनाएको स्पष्ट पारेका छन् । आज राति ८ बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले यसको लागि सरकारले सावधानीपूर्वक काम गर्ने र रोकथामको लागि नयाँ रणनीति ल्याउने पनि सुनाए ।

उनले भनेका छन्,‘नियन्त्रणको लागि नयाँ विकल्प प्रयोग गर्ने । साधनस्रोत पनि छ । भोलि संक्रमण भैहाले पनि क्वारेन्टाईनको कुनै समस्या छैन् ।’ उनले नेपाल सरकारले हवाई र स्थलगत मार्ग जोडिएका देशसँग सम्पर्क स्थगित् गर्ने पनि तयारी गरेको सुनाए ।

त्यस्तै, त्रिभुवन विमानस्थलमा यात्रुहरुलाई कडाईका साथ चेकजाँज गर्ने गरिएको पनि सुनाए । उनले भने,‘स्थलमार्गदेखि हवाई मार्गसम्ममा कडाईका साथ चेकजाँज गरिएको छ ।’

नेपालमा कोरोना भित्रिन नदिनको लागि र यसको नियन्त्रणको लागि राष्ट्रिय सहमति बनेको पनि उनको भनाई छ । उनले भने,‘यो राम्रो कुरा हो । पर्यो भने सर्वदलीय बैठक बोलाउने पनि तयारी छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग सहकार्य गर्छौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्