Logo

प्रधानमन्त्री ओली कतैपनि अल्पमतमा हुनुहुन्न : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, २४ फागुन । उपप्रधान तथा रक्षामन्त्री एवम् नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको कुनैपनि मोर्चामा पनि अल्पमतमा नपरेको स्पष्ट पारेका छन् । आज राति ८ः ०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘प्रधाानमन्त्री ओली सफल प्रधानमन्त्री हो । उहाँ कहीँकतै पनि अल्पमतमा हुनुहुन्न । सभामुख बनाउने निर्णयपनि सर्वसम्मतीको आधारमा भएको हो । यो निर्णय गर्दा अल्पमत वा बहुमतको कुरै भएको थिए । त्यहीअनुसार भएको हो ।’

https://youtu.be/QvXXXuR9IOA

त्यस्तै, उनले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा लैजाने र संविधान संशोधनको विषयमा सर्वसम्मत निर्णय नभएको पनि सनसनीपूर्ण खुलासा गरे । ‘यो निर्णय गर्दा बहुमतको आधारमा भयो । संविधान संशोधन प्रस्ताव पनि गलत थियो ।’ आफूले त नेता गौतमलाई काँस्कीमा गएर चुनाव लड्न प्रस्ताव गरेको पनि सुनाए । उनले भने,‘उहाँले चुनाव जितेको भए प्रधानमन्त्री बन्नुहुन्थ्यो । हतार किन गर्नुभयो ?’

उनले प्रधानमन्त्री ओलीविरुद्ध कसैलेपनि केही गर्न नसक्ने जिकिर गरे । उनले भने,‘५वर्षको लागि नै केपी ओली प्रधानमन्त्री हो । ५ वर्षसम्म अरु कोही पनि प्रधानमन्त्री बन्न सक्दैन् ।’



प्रतिक्रिया दिनुहोस्