Logo

कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित



फागुन २४, काठमाण्डौ । सधै बैठक, सभा, सम्मेलनहरुमा व्यस्त हुने राजनीतिक दलका नेताहरु यतिबेला फुर्सदिला भएका छन । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि राजनीतिक दल तथा तिनका नेताहरुले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । भेटघाटदेखि उद्घाटन र भाषणका कार्यक्रमहरु प्रभावित भएका हुन् ।

सवै भन्दा व्यस्त रहने मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री यति बेला अस्पतालमा छन । प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबार आफ्नो दोस्रो पटक मृगौला प्रत्यारोपण पछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा स्वाथ्यलाभ गरीरहेका छन । जसले गर्दा स्वभाविक रुपमा ओली सार्वजनिक कार्यक्रममा सहभागि हुने अवस्था छैन । तर अन्य विभिन्न दल तथा तिनका नेताहरुले पनि नेता कार्यकर्ता भेला गरेर भाषणबाजी गर्ने कार्यक्रम स्थगित गरेका छन् ।

पूर्व निर्धारित कार्यक्रमहरु धमाधम रोकिएका छन् । सरकारले समेत आधिकारिक रुपमै कुनै सभा, समारोहमा सहभागी नहुन सुचित गरेपछि राजनीतिक दल र तिनका नेताहरु अहिले निकै फुर्सदिला भएका हन् । सधै व्यस्त रहने नेताहरु मध्ये नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो नम्बरमा पर्छन । गत बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका दाहाल आफै विरामी छन । उनलाई रुघाखोकी र ज्वरोले सताएपछि उनी पनि अहिले घरमै आराम गरीरहेका छन ।

नेकपाका अन्य शिर्ष र प्रभावशाली नेता तथा मन्त्रीहरु समेत पहिलाको जस्तो व्यस्त छैनन । उनीहरुपनि अहिले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि घरमै आराम गरीरहेका छन । कुनै सभासमारोहमा निस्केका छैनन । त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता एव्म कांग्रेस सभापति शेरबहादुर देउवा पनि केहीदिन यता सार्वजानिक कार्यक्रमहरुमा सहभागी भएका छैनन् । उनी पनि घरमै केही विशेष व्यक्तिहरुसगको भेटघाट बाहेक पार्टीको कुनै पनि कार्यक्रमहरुमा सहभागी भएका छैनन ।

नेपाली कांग्रेसले केहीदिन अघि पत्रकार सम्मेलन गर्दे कोरोनाबाट बच्न तथा आवश्यक सतर्कता अपनाउन देशवासी संगै सरकारलाई समेत आवश्यक तयारी गर्न आग्रह गरेको थियो । कांग्रेसले पूर्व निर्धारित कार्यक्रमहरु पनि औपचारिक रुपमै स्थगित गरिसकेको छ । अन्य राजनीतिक दल दल सर्वाजानिक पद धारणा गरेका विशिष्ट व्यत्तिहरुले समेत कुनै कार्यक्रममा आमन्त्रण गरेपनि त्यसलाई अस्वीकार गर्दै घरमै आराम गरीरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्