Logo

वासिंगटनमा पहिलो कोरोना भाइरसको पुष्टि



एजेन्सी, २५ फागुन । संयुक्त राज्य अमेरिकाको राजधानीमा वाशिन्टनमा पहिलो कोरोना भाइरस (कोभिड १९) भट्टिएको वाशिन्टनका मेयर मुरिएल बाउसेरले पुष्टि गरेकी छिन् । आइतबार पब्लिक हेल्थ ल्याबमा परिक्षण गर्दा कोराना भाइरसको साकारात्मक परिणाम आएको पुष्टि गरेकी छिन् । न्यू योर्क टाइम्सका अनुसार गत शुक्रबारसम्ममा २५० जनामाथि कोरोना रहेका आशंकामा परिक्षण गरिएको हो । ती मध्ये १५ जनाको उक्त भाइरसबाट मूत्यु भइसकेको जनाइएको छ । गत हप्ता अमेरिकी प्रतिनिधि सभाद्वारा कोरोना भाइरससंग लड्न ८.३ अर्बको बजेट परित भएको जनाइएको छ ।

त्यसमध्य ३ अर्ब डलर भ्याक्सिनको निर्माणका लागि छुट्टाइएको छ भने २.२ अर्ब डलर भाइरसको रोकथाम गर्न खर्च गरिने बताइएको छ ९५० मिलियन डलर सार्वजनिक स्वास्थ्य एजेन्सीहरुलाई सहयोग पुर्याउन प्रयोग गरिने जनाइएको छ । हुबेई प्रान्तको उहान शहरमाबाट फैसलएको कोरोना भाइरसलाई फेब्रअरी ११ मा आधिकारिक नाम दिएको थियो । अहिलेसम्म उक्त भाइरसको संक्रमण एक सय तीन देशमा फैलिएको जनाइएको छ ।

कोरोना भाइरसको महामारीले तीव्र रुप लिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकालिनको घोषणा समेत गरिसकेको छ । अहिलेसम्म उक्त भाइरसको संक्रमणमा एक लाख ६ हजार एक सय ९० केस दर्ता भएको तथ्यांक छ । उक्त भाइरसबाट मूत्यु हुनेको संख्या तीन हजार छ सय पुगेको छ । उक्त भाइरसको संक्रमणबाट ६० हजार एक सय ९० जना उपचारपछि सकुसल घर फर्केका छन् ।



प्रतिक्रिया दिनुहोस्