Logo

सय वर्षका वृद्धले कोरोना भाइरसलाई जिते



एजेन्सी, २५ फागुन । कोरोना भाइरसको संक्रमणबाट बढी उमेरका मानिसको बाँच्ने सम्भावना न्यून हुन्छ । वृद्धवृद्धालाई निमोनिया भइहाल्ने सम्भावना पनि बढी हुन्छ । तर, चीनमा एक सय वर्षका वृद्धले कोरोना भाइरसलाई जितेका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोना भाइरस संक्रमित एक सय वर्षीय वृद्ध आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना भाइरसको संक्रमणबाट पूर्ण मुक्त भएपछि घर फर्किएका हुन् ।

एक सय वर्षका ती वृद्धि भाइरसलाई जित्ने एक सय वर्ष पुगेका पहिलो वृद्ध भएका छन् । हुबईको अस्पतालबाट उनी ८० जना अन्य संक्रमणमुक्त सँगै डिस्चार्ज भएका हुन् । ती वृद्धि १९२० को फेब्रुअरीमा जन्मिएका हुन् । उनले हालैमात्र एक सय वर्षको जन्मदिन मनाएका थिए । उनी २४ फेब्रुअरीमा अस्पताल भर्ना भएका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्