Logo

राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरणको सहमति



काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्न दुवै पार्टीका नेता सहमत भएका छन्। फागुन २८ गते काठमाडौंमा कार्यक्रम गरी दुई पार्टीबीच एकीकरण घोषणा गरिने सहमति दुई राप्रपाबीच भएको छ।

शनिबार राति राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा९संयुक्त०का अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त प्रेस विज्ञप्ति निकाली दुई पार्टीबीच एकीकरण गर्न सहमति भएको बताएका छन्। एकीकरणसम्बन्धी आधारपत्र र कार्यविधि निर्माण गर्न राप्रपाबाट दीपक बोहरा, बुद्धिमान तामाङ, भास्कर भद्रा तथा राप्रपा९संयुक्त०बाट ठाकुर शर्मा र श्याम तिमिल्सना सदस्य रहेको कार्यदल गठन गरिएको छ। ‘राष्ट्र र जनताको सेवामा समर्पित समान वैचारिक मान्यता बोकेका राष्ट्रवादी र प्रजातान्त्रिक दलको हैसियतले राप्रपा र राप्रपा ९संयुक्त०बीच एकीकरण गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातालमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले अनिवार्य ठानेका छन्।’

राप्रपाका प्रवक्ता भुवन पाठकका अनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ। चुनाव चिह्नबारे ‘उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय हुनेछ,’ भनी सहमति गरिएको छ। यसैगरी, केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीको सबै निकायमा ५५र४५को भागबण्डा गरिने छ। ५५ प्रतिशत भाग राप्रपाले पाउनेछ भने ४५ प्रतिशत राप्रपा९संयुक्त०ले पाउने छ। एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा।प्रकाशचन्द्र लोहनीको हैसियत अध्यक्षका रूपमा बरबार हुनेछ। बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ। पाठकका अनुसार एकीकृत पाटीले हिन्दु राष्ट्रको नीति लिने भएको छ। राजसंस्थाको सवालमा राजसंस्थासहित प्रजातन्त्रलाई एकीकृत पार्टीले स्वीकार गर्नेछ। दुई राप्रपा एक भएको यो पहिलोपटक भने होइन। यसअघि पटकपटक फुट र जुट हुँदै आएको छ। २०४६ को परिवर्तनपछि दुईवटा राप्रपाको जन्म भएको थियो।

एउटा राप्रपाको नेतृत्व सूर्यबहादुर थापा र अर्को राप्रपाका नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेका थिए। त्यसपछि २०७६ फागुन २४ सम्म राप्रपाको एकता र फुट दर्जनौंपटक भइसकेको छ। २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावको केही महिनाअघि पछिल्लोपटक राप्रपामा फुट आई पशुपतिशमशेर राणा र कमल थापाले अलगअलग पार्टीको नेतृत्व गरेका थिए। थापाले राप्रपाले राप्रपाको नेतृत्व गरे भने राणाले तत्कालीन राप्रपा९प्रजातान्त्रिक०को नेतृत्व गरे। चुनावमा दुवै पार्टीले अनपेक्षित पराजय भोगे। त्यसपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच एकीकरण भई राप्रपा (संयुक्त)को गठन भयो। त्यसपछि झण्डै डेढ वर्ष लामो गृहकार्य र छलफलपछि शनिबार यी दुई पार्टी एकीकरणका लागि सहमत भएका हुन्। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्