Logo

कोरोनाको संक्रमण रोक्ने तयारी शुन्य



काठमाडौं,फागुन २६ । कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ । एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ ।

बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति मान्छे निको भएर फर्किए भन्ने तथ्याकं अहिलेसम्म बाहिर आएको छैन ।

अब आउने तथ्याकंलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ । नेपालबाट अष्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन । यत्ति हो कि कोरोनाले उग्र रुप लिएको छैन र बिरामीहरु अस्पताल भर्ना भइसकेका छैनन् ।

हाम्रोमा तयारी नै पुगेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा मात्र थर्मोमिटर राखेर केही हुनेवाला छैन । कोरोनाको संक्रमण देखापर्न २ देखि १४ दिन लाग्छ ।आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्