Logo

महिला सक्षम छन्, पार्टीले अधिकार दिन कन्जुस्याँई गरेको छैन् : सीता गुरुङ (भिडियोसहित)



काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सभासद सीता गुरुङले आफ्नो पार्टीले महिलाको हकअधिकार सुनिश्चित् गराउनको लागि सुरुदेखि नै पहल गरेको स्पष्ट पारेकी छिन् ।अहिलेपनि पार्टीको विधानमै ३३ प्रतिशत महिलाहरुको सहभागिताको सुनिश्चितता गरेको उनको भनाई छ ।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कायृक्रममा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । महिला अधिकार र अवसरको बारेमा पार्टीभित्र पर्याप्त मात्रामा छलफल भएको पनि उनले सुनाईन् । महिला अधिकारलाई दिनको लागि पार्टी नेतृत्वले कुनै कन्जुस्याँई नगरेको पनि उनको दाबी छ । आफूहरुले नीतिगत कुरामा बढि जोड दिएको नेतृ गुरुङले स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्