Logo

कार्यकारी पदमा पुग्न अब महिलाले हस्तक्षेप गर्नुपर्छ : रेखा थापा (भिडियोसहित)



काठमाडौं, २६ फागुन । चर्चित नायिका रेखा थापाले देशको कार्यकारी पदमा पुग्नको लागि महिलाहरुले हस्तक्षेप गर्नुपर्ने बताएकी छिन् । उनले अब पनि अधिकार मागेर वा कोटाबाट महिला अघि बढ्न नहुने तर्क गरिन् । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले यस्तो बताएकी हुन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन भए आफू मैदानमा उत्रिने समेत घोषणा गरिन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठे आफूले टक्कर दिने उनको घोषणा छ ।

https://youtu.be/lQkw3mJ6Xnc



प्रतिक्रिया दिनुहोस्