Logo

स्तन क्यान्सरबाट जोगिन गाजर फलदायी



२६ फगुन । स्तन क्यान्सर जटिल क्यान्सरको रुपमा चिनिन्छ । प्रायः जसो यो महिलामा हुने गर्दछ । वैज्ञानिकहरुले गाजर र सकरखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्ष निकालेका छन् । यिनीहरुमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ ।

यस एसिडले क्यान्सर लाग्ने जाने कोशिकाहरुलाई परिवर्तन गरी क्यान्सर रोग लागन दिँदैन । यो अम्ल वास्तविकतामा भिटामिन ए बाट प्राप्त हुन्छ । यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनको प्रभावित गर्ने यो रसायनले मानिसलाई युवा राख्न मद्दत गर्दछ । डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार, वैज्ञानिकहरु यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खाज्न लागिपरेका छन् ।

मुख्य वैज्ञानिक फिलाडेल्फियाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अन्सार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरुलाई बढ्न दिँदैन । साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्