Logo

होलीको रमाइलोमा झुमे विदेशी पर्यटक



काठमाडौं, २७ फागुन । नेपालीले निकै उल्लासका साथ मनाउने होली पर्व विदेशी पर्यटकले पनि निकै अभिरुची साथ मनाए । नेपालमा होलीका लागि भनेर पनि ठूलो संख्यामा युवा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यबसायीहरूको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले होलीका कन्सर्ट गर्न बन्देज लगाए पनि राजधानीका विभिन्न ठाउँमा होली पर्व खुशी साथ मनाएको थियो । अपरान्ह सम्ममा पाटनको मंगल बजारमा एक जना पर्यटकले आफू माथि दुव्यबहार भएको गुनासो प्रहरीसँग गरेको बाहेक अन्य कुनै गुनासो नआएको पर्यटन प्रहरी भृकुटीमण्डपकी प्रहरी निरीक्षक अस्मिता कपालीले बताएका छन् । मध्यान्नसम्म राजधानीमा होली खेल्नेको हुल त्यति नदेखिए पनि मध्यान्न पछि भने ठूलै संख्यामा होली खेल्ने युवा समूह सडकमा उत्रिएका थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot