Logo

कोरोना असरः पर्यटन व्यवसाय प्रभावित



पोखरा, फागुन २७ । पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। चीनलगायत मुलुकमा कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ परेको हो।

अंग्रेजी महिना मार्च, अप्रिल, मे पदयात्राको सिजन हो। यो बेला युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पहिल्यै आएका युरोपेली, अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी अन्य मुलुकका र आन्तरिक पर्यटक रहेको उनी सुनाउँछन्।

नयाँ पर्यटक नआउने र भएका पर्यटक फर्किने भएकाले पर्यटन बजार शून्यमा पुग्नेप्रति चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल बताउँछन्। बैंकको चर्को ब्याजदरका कारण पनि मर्कामा परेको व्यवसायीले बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot