Logo

हिमालयन एयरलाइन्सको कतार उडान स्थगित



काठमाडौं, फागुन २७ । कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको कोरोनाभाइरसका कारण सेवा प्रभावित हुने भएको छ ।

निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् ।

कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्