Logo

तेलको मूल्य घटेकाले मूल्य वृद्धि हुँदैन-अर्थविद खनाल



काठमाडौं, २७ फागुन । अर्थविद् तथा पूर्व अर्थ सचिव रामेश्वर खनालले कोरोना भाइरसका कारण विश्व बजारमा संकट आइरहँदा नेपालको आर्थिक क्षेत्रको चिरफार गरेका छन् । उनीसँग ऋषि धमलाले पछिल्लो परिस्थितिबारे गरेको विशेष कुराकानीः

नेपालको अर्थतन्त्र ओरालो लागेको हो ?
हाम्रो कारणले भन्दा पनि अहिले अन्तर्राष्ट्रिय रुपमा पैmलिएको महामारीले नराम्रै असर गर्छ कि जस्तो देखिएको छ । यो महामारी एक महिनामै हटेर गयो भने रिकभर गर्दछौं । यतिबेला पर्यटन क्षेत्र त करिवकरिव ठप्प जस्तै छ । त्यसले रोजगारी, आर्थिक सबैतिर राम्रै असर पार्ने देखियो । त्यसगरी आर्थिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका चीनका धेरै उद्योगहरु बन्द भएको अवस्था छ । हामीलाई आवश्यक पर्ने कच्चा पदार्थ र अर्ध प्रसोधित सामग्रीहरु चीनबाट धेरै मात्रामा आयात गर्ने भएकाले निजी क्षेत्रमा प्रभाव पर्ने आँकलन गरिरहेका छौं । यसले समष्ठिगत रुपमा हाम्रो अर्थतन्त्रमा असर पर्ने देखिएको छ ।
अर्थतन्त्रका दृष्टिले नेपाल थला पर्न लागेको हो ?
बेलैमा तयारी गरियो, सावधानी अपनाइयो भने थलै चाहीं पर्दैनौं । अहिले जसरी पर्यटन क्षेत्र तहसनहस भएको छ । त्यसले बैकिङ क्षेत्रको मुद्रा पनि खस्किन्छ । बैंकिङ क्षेत्रलाई त्यसबाट बचाउन नेपाल राष्ट्र बैंक चनाखो हुनुपर्छ । पर्यटन क्षेत्रले लिएको कर्जालाई पुनःताजकीकरण गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा यो कुरा उल्लेख ग¥यो र हामीले पनि सावधानी अपनायौं । आपूर्तिमा पनि विगतका संकटहरुमा मूल्यवृद्धि, कलाबजारी लगायतका समस्याहरु भोगियो । त्यसले मूल्य वृद्धि भयो । यसपालि मूल्य बृद्धि नहोला । किन भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य धमाधम घटिरहेको छ । बजारमा नकारात्मक हल्ला पैmलाएर सामग्री अभाव गर्दा आमनागरिकलाई असर पर्दछ । त्यसलाई न्युनिकरण गर्न सरकारले अहिले देखि नै बजार अनुगमनमा कडा गर्नुपर्छ । कृतिम अभाव पैmलाएर नाजायज फाइदा उठाउने व्यापारीलाई कारबाही नगरीकन बजार सही ठाउँमा आउँदैन । अहिलेसम्म नेपाल सरकारको ध्यान त्यतातिर नपुगेको जस्तो छ । सरकारले नागरिकहरुलाई हाम्रो कोरोना छैन, होइन हामी आवश्यक सामग्रीमा तयारी अवस्थामा छौं । त्यसैगरी रोग नभित्रिनका लागि पुरै तयारी अवस्थामा छौं भनेर आमनागरिकलाई सूचना दिनुपर्छ । समस्या नै छैन भनेर मात्रै हिड्दा मान्छेहरुले सरकारलाई भन्दा बढी हल्लालाई विश्वास गर्दछन् । उद्योग क्षेत्रको कुरा गर्दा नेपालमा भएका औषधि उद्योगका कतिपय कच्चा पदार्थहरु भारतबाट ल्याइने हुनाले भारत सरकारसँग अनुरोध गर्नुपर्छ । यसरी आपूर्तिलाई सहज बनाइयो भने पनि हामीलाई ठूलो संकट आउन सक्छ । र विदेशी मुद्राको संचिति पनि घट्छ । त्यसकारण बाहिरी मुद्रालाई सन्तुलनमा राख्नुपर्छ त्यो राख्न अर्थमन्त्रालयको भन्दा पनि राष्ट्र बैंकको भूमिका अपरिहार्य छ । अर्थमन्त्रालय बाहेक उद्योग, वाणिज्य र स्वास्थ्य मन्त्रालयको भूमिका पनि महत्वपूर्ण छ । यो आर्थिक वर्षमा थुप्रै रोजगारीहरु सिर्जना हुन्छन् भन्ने अनुमान गरिएको थियो भएन ।
कोरोनाको प्रकोप भारतमा पनि पर्न थाल्यो अब हामीले सीमानाका कसरी ‘नो इन्ट्रिको अवस्था सिर्जना गर्ने ?
यस विषयमा मसँग राय माग्ने भन्दा पनि हाम्रो देशमा ज्यादै विज्ञ डाक्टरहरु हुनुहुन्छ, उहाँहरुसँग राय, सल्लाह र सुझाव लिनुपर्छ । उहाँहरुसँग सल्लाह, सुझावहरु लिएको बाहिर सूचनाहरु प्राप्त भएको छैन । यससँग विज्ञ डाक्टरहरुले नै यो विषयमा सरकारले जति गाम्भिर्यता देखाउनु पर्ने त्यसमा तादतम्यता मिलेन भन्ने आइरहेको छ । स्वास्थ्य मन्त्रालयले यसमा बढी चासो देखाउनुपर्छ । खासगरी हामीले काठमाडौं, विराटनगर, वीरगन्ज र भैरहवा जस्ता ठाउँमा बढी सावधानी अपनाउनुपर्छ । त्यसको लागि विज्ञकै साहरा लिनुपर्छ । संकटका बेला गरेको सहारा निकै आवश्यक हुन्छ, त्यो सरकारले गर्नुपर्छ ।
विश्वका पर्यटक नेपाल आएनन् भने आर्थिक रुपमा त घाटा भयो नि ?
नेपालको सन्दर्भमा पर्यटन क्षेत्रको योगदान त सानै हो । पर्यटन क्षेत्र जसरी संकटमा पर्दै त्यसैगरी हाम्रो आर्थिक प्रणाली, विदेशी मुद्राको संचिति, उद्योग र कृषिबाहेक सबै अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यक पर्छ । यसअघि पनि अन्तर्राष्ट्रिय बजार ठूला–ठूला संकटहरु आए, त्यसलाई हामीलाई खासै असर परेन । किन भने अन्तर्राष्ट्रिय बजारसँग गाँसिएको हाम्रो अर्थतन्त्र होइन । हामी संकट पर्ने भनेको भारतीय नीतिनिर्माताहरु गर्ने अगतिला निर्णयहरुले मात्रै हो । कतिपय सामानको अभाव भएका बेलामा भारतले आयात रोकिन्छ । गएको आ.ब.मा चामलको निर्यात रोकिदियो । त्यस्तै प्याजको निर्यात रोकिदियो । दुई÷दुई पटक व्यापारिक नाकाबन्दी लगायो । यसपालि फरक खालको समस्या छ । जस्तो चीनमा पैmलिएको कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय रुपमा असर पर्ने भएको छ ।
यसको असर नेपालको अर्थतन्त्र वा बजेटमा पर्छ कि पर्दैन ?
नेपालका निर्माण क्षेत्र पनि प्रभावित भइसकेको छ । किन भने नेपालका धेरै निर्माण कम्पनीहरु चिनीयाँ ठेकेदार कामदारबाट चलेका छन् । ठ्याक्कै बिदा परेको बेला उहाँहरु चीन जानुभयो र कोरोना भाइरसको प्रकोपले फर्किन पाउनुभएको छैन । त्यसकारण हामीले चिन्ता लिनुपनि हुँदैन । फेरि यो संकट हो आउँछ जान्छ भनेर चुपचाप बस्नुपनि हुँदैन । हामीले अहिले पर्यटन क्षेत्रलाई बढाउन संक्दैनौं । अहिले पर्यटन क्षेत्रमा आएको संकटले बैंकिङ क्षेत्रमा संकट उत्पन्न गराएको छ । यस्तो बेलामा मान्छेहरुले बैंकबाट पैसा निकालेर आ–आफ्नो घर–घरमा राख्ने गर्न सक्छन् त्यसको लागि सावधानी अपनाउनुपर्छ । आमनाचगरिकलाई उत्तेजित नहुन, नआत्तिन र अनावश्यक हल्लाका पछाडि नलाग्न सरकारले आग्रह गर्नुपर्छ । यी विधि अपनाउँदा नेपालमा त्यति ठूलो क्षति होला जस्तो लाग्दैन । आर्थिक बृद्धिदर कुनै–कुनै बेलामा कमी आयो । जस्तो भूकम्पको बेला करिकरि शुन्य हाराहारी आर्थिक बृद्धि रह्यो । अहिले पनि सावधानी अपनाएनौं भने त्यो अवस्था आउन सक्छ ।
अर्थमन्त्रीमा पुनः पुवराज खतिवडा आइसकेपछि सेयर बजारमा असर परेको छैन ?
सेयर बजार त अन्तर्राष्ट्रिय बजारमा ओरालो लाग्दा हाम्रोमा उकालो लाग्यो । त्यसैले हाम्रो असंलग्न बजार हो । अन्तर्राष्ट्रिय बजारसँग सरोकार छैन । आन्तरिक तरलताका कारणले मात्रै यहाँ मूल्य घटेको हो । अहिले तरलता ठीकठिकै भएकाले सेयर बजारमा ज्यादै ठूलो ह्रास आउँदैन । अर्थमन्त्री आपैmले पनि भन्नुभएको छ, ‘मेरो मुख हेरेर र नाम जोडेर सेयर बजारालई तुलना नगरियोस् मैले फाइदै हुने काम गरेको छु,’ भनेर । त्यसैले उहाँको नाम जोडेर सेयर मूल्य घट्यो भन्नु हल्ला मात्रै भन्ने लाग्छ । त्यति हुँदाहुँदै पनि होटल र पर्यटन क्षेत्रमा प्रभाव पर्ने भएकाले त्यहाँ पनि प्रभाव पार्छ । कुनै आउँदैमा जाँदैमा सेयर मूल्य घटबढ हुन्छ भने त्यो बजार बहुलाएको भन्न सकिन्छ ।
अहिले विकास खर्चको कुरा कन्तबिजोग छ नि ?
कतिपय त हाम्रा आफ्नै कारणले पनि कन्तबिजोग भए । कतिपयमा सरकारले नियमावली परिमार्जन गरेर नेपाली निर्माण व्यवसायीहरु पनि छन् । राष्ट्रिय गौरवका कतिपय निर्माणहरुमा चिनीयाँ ठेकेदारहरुको भूमिका छ । कतिपय अहिले बिदा मनाउन गएका फर्किन नपाएकाले कतिपय कामहरु ठप्प भएका छन् । कतिपय ठाउँमा चिनीयाँ ठेकेदारहरुले काम गरिराखेका छन् भन्ने सुनिएको छ । कतिपय इन्जिनियरहरु रोकिएकाले काम ठप्पा भएको सूचनाहरु आइरहेका छन् । आगामी आर्थिक वर्षमा थोरै भएपनि आर्थिक बृद्धि हुन्छ भन्ने आशा गरिएको थियो त्यो चाहीं अब सम्भव छैन । तर, यस्तो भयो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्