Logo

‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै



एजेन्सी, २७ फागुन । रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् । रुसले तेल उत्पादन घटाउन मानेको छैन ।

तेल उत्पादक देशहरुको संगठन ओपेकमा रुस छैन । तर, , ओपेक राष्ट्रहरुको भियना बैठकले रुसलाई अहिलेको संकट टार्न आग्रह गर्ने निर्णय गरेको थियो । सन्देश लिएर रुसी मन्त्री मस्को फर्किए । तर, रुस उत्पादन घटाउन तयार भएन । पुटिनको यो कदमले धेरैलाई आश्चर्यमा पार्यो ।

जवाफमा साउदी अरेबियाले उत्पादन बढायो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग घटेको अवस्था छ । जसका कारण मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । त्यसमाथि साउदी अरेबियाले उत्पादन बढाएर चिनियाँ उपभोक्तालाई प्रति ब्यारल ६ देखि सात डलरमा उपलब्ध गराउने नीति लिइसकेको छ । रुस र साउदी अरेबियाबीचको प्रतिष्पर्धाले तेलको मूल्य ह्वात्तै घट्ने देखिएको छ ।

अमेरिकाले इरानी सैनिक कमाण्डरमाथि आक्रमण गरेपछि इरानले जवाफी हमला गर्दा केही महिना अघिमात्र कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर कटेको थियो । यदि प्रतिब्यारल ६ डलरमा झर्दा के होला ? साउदी अबेरियाले प्रतिदिन २० लाख लिटर कच्चा तेल उत्पादन गर्ने तयारी गरेको छ । विश्व बजारमा अत्याधिक उत्पादनले मूल्यमा भारी गिरावट हुने देखिन्छ । तेलयुद्धले विश्वबजारमा ठूलो असर गर्दैछ । तेल उत्पादनबाट निर्भर देशहरुमा आर्थिक संकट पर्नसक्छ । तर, तेल आयातकर्ता देशहरुलाई लाभ मिल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्