Logo

प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण



काठमाडौँ २७ फागुन : एक महिनाअघि पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको जनाइएको छ । भेटवालमाथि बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । डिएसपी बोगटीले भने, ‘अब हामी भेटवालको म्याद थपेर अनुसन्धानको क्रम अगाडि बढाउँछौं,’

ठेकेदार भेटवालको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो । प्रहरीले अनुसन्धान तिब्र गतिमा लाग्ने समेत जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्