Logo

रुसमा २४ घण्टाभित्र २० जना कोरोना संक्रमित



एजेन्सी, २७ फागुन । रुसमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा २४ घण्टाभित्र २० पुगेको रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले जनाएको छ । रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले १७ जना संक्रमित मानिसबाहेक थप तीन जना मानिसमा संक्रमण देखिएको जनाएका छन् । उक्त भाइरसको संक्रमणमा पर्ने मानिसहरु इटलीको भ्रमण गरेर स्वदेश फर्केका थिए । उनीहरुलाई अस्पतालमा कडा निगरानीमा राखिएको जनाइएको छ । रुसमा कोरोना संक्रमित मानिस मध्ये दुई जना चिनियाँ नागरिक रहेको जनाइएको छ ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा स्वास्थ्य आपतकालिन घोषणा समेत गरिसकेको छ । उक्त भाइरसको संक्रमण विश्वका सय देशहरुमा रहेको पुष्टि समेत भइसकेको छ । चीनमा कोरोनाको संक्रमणबाट ८० हजार ७ सय जना मानिसहरु प्रभावित भएका छन् ।

उक्त भाइरसबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको तथ्यांक छ । उक्त भाइरसको संक्रमणबाट ५८ हजार ६ सय बिरामीहरु उपचारपछि सकुसल घर फर्केका छन् । चीनबाहेक अन्य देशहरुमा उक्त भाइरसको संक्रमणबाट एक लाख मानिसहरु प्रभावित भएको जनाइएको छ भने भाइरसबाट मूत्यु हुनेको संख्या तीन हजार ८ सय पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्