काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज वा भोलिभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चार्जको तयारी भैरहेको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थयमा क्रमिक सुधार भैरहेको छ । हिँडडुल गर्ने, व्यायाम गर्ने कार्यलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिएका छन् ।
नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा पहिले नै दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार पार्टी एकताको बाँकी कार्यभार पूरा गराउनको लागि सचिवालय बैठक डाक्न दबाब परेको छ । दाहालले पनि आजै सचिवालय सदस्यहरुसँग छलफल गरेर बैठक डाक्ने तयारी गरेका छन् । fiel photo