Logo

पेस्तोल सहित पक्राउ



काठमाडौं, २७ फागुन । कटुवा पेस्तोलसहित मेघराज गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका मधुमल्ला बस्ने गौतमलाई कटुवा पेस्तोल १ नाल, गोली १ राउण्ड र २ वटा खोका सहित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, रौतहट, गढिमाई नगरपालिका धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिकाका राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot