काठमाडौ, फागुन २७ । शैक्षिक योग्यता नक्कली भएको आरोपमा शिक्षिका कलापति कुमारी शर्मा भन्ने कलापति देवी अवस्थीलाई अख्तियारले मुद्दा दायर गरेको छ ।
अवस्थीको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुुन्धान गर्दा उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो ।
श्री भुमिराज प्राथमिक विद्यालय बडम डडेल्धुराका राहत शिक्षक (प्रधानाध्यापक) कलापति कुमारी शर्मा भन्ने कलापति देवी अवस्थीको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली पेश गरी निजले माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५७ मंसिर १ देखि श्री भुमिराज प्राथमिक विद्यालयको निजी स्रोतमा र मिति २०६१ पुस २४ सम्ममा राहत दरबन्दीमा नियुक्ति भई सरकारी सुविधा एवं लाभसमेत लिएको देखिएको छ ।
उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ताले प्रदीपकुमार कोइरालाले जनाएका छन् ।