Logo

महिलाको स्वास्थ्य समस्या



महिला पुरुष दुवैले विभिन्न शर्तहरुको सम्झौता गरेका हुन्छन् । केही स्वास्थ्य समस्याहरुले महिलाहरुलाई फरक र बढी प्रभाव पार्दछ । धेरै महिलाको स्वास्थ अवस्थाको उपचार गरे पनि धेरै जसो महिलाको विषयहरु परिक्षण नै गरिदैन । उपचार गर्दा गर्दै पनि महिलाहरुमा स्तन क्यान्सर, गर्भाशय क्यान्सर, रजस्वला र गर्भावस्थाको समस्या भोग्नु परेको छ ।

पुरुषहरुको तुलनामा महिलाहरुमा बढी हार्ट अटैकको सिकार हुन्छन् । डिप्रेसन र चिन्ता महिलाहरुमा बारम्बार देखापर्छ । त्यसै गरी यौन जन्य रोगले बढी हानी महिलालाई गर्न सक्छ । महिलालाई हुने प्राय रोगहरु निम्न छन् ।

मुटु रोग

संयुक्त राज्यमा हृदय रोगका कारण महिलाहरु चारमध्ये एक जनाको मृत्यु हुन्छ । सार्वजनिक रुपमा हेर्दा यो रोगलाई साझा मानिन्छ । ५४ प्रतिशत महिलालाई मुटु रोगको जोखिम छ भने ४९ प्रतिशतलाई चाही उच्च रक्तचाप, उच्च कोलस्ट्रोल वा धुम्रपानबाट ग्रस्त छन् ।

स्तन क्यान्सर

विश्वव्यापी महिला जनसख्यालाई असर गर्ने सबैभन्दा आक्रामक स्तन क्यान्सर हो । स्तन क्यान्सर दुध नलीबाट अन्य अंगहरुमा फैलिने गर्छ । स्तन क्यान्सर ग्रस्त महिलाको स्तनमा गांठोहरु आउने गर्छ स्तनमा आएको गाठो सावधानी पुर्वक हेरचाह चेकजाँच गर्नुपर्छ ।

डिम्ब ग्रन्थ्री र गर्भाशय क्यान्सर

धेरै मानिसहरुलाई डिम्बग्रन्थी र गर्भाशय क्यान्सर बीचको भिन्नताको बारेमा जानकार नै छैनन् । गर्भाशयको क्यान्सर तल्लो गर्भाशयमा हुने गर्छ, जबकि डिम्बग्रन्थी फेलोपियन ट्युबबाट सुरु हुन्छ । यी दुवैले दुखाइ उत्पन्न गर्छन् । गर्भाशय क्यान्सरले सम्भोगको समयमा पीडा गराउँछ ।

जबकि डिम्बग्रन्थीको समस्या धेरै जटिल हुन्छ, यस क्यान्सरले अस्पष्ट लक्षणहरु देखाउँछ । प्याप स्मीअर्सले गर्भाशय क्यान्सर पत्ता लगाउँछ र डिम्बग्रन्थि भने क्यान्सर होइन ।

स्त्रीरोग स्वास्थ्य

मासिक चक्रमा रक्तश्राव हुनु सामान्य पक्रिया हो । मासिक धर्मको समयमा बारम्बार पिसाबमा रगत आउनु जस्ता समस्याहरु हुने गर्छन् ।

योनीले यौन रोगहरु वा प्रजनन पथ क्यान्सर जस्ता गम्भीर समस्याहरुको संकेत गर्दछ । यस्ता संकेतलाई हेरविचार र जाँच गरिएन भने बाझोपन वा मृगौला जस्ता रोगहरु निम्त्याउन सक्छ ।

गर्भावस्थाको समस्याहरु

गर्भावस्था निकै चुनौतीपूर्ण हुन्छ । त्यसैले यसबेला स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । परिवार र आफन्तको साथ र सहयोग अनिवार्य हुन्छ । यसले हौसला जगाउँछ ।

मधुमेह, डिप्रेसन जस्ता रोगले गर्भावस्थामा आमा र बच्चा दुवैलाई हानी पुर्याउने गर्छ । एनीमिया र डिप्रेसनको कारण गर्भावस्थामा आमाको रक्तकोष घट्ने गर्छ । सामान्य र दुर्लभ स्वास्थ्य समस्याहरु गर्भावस्थामा देखा पर्दछ ।

थकान, हल्का ज्वरो, दुखाई, छालामा जलन यी समस्या महिलाहरुको साझा समस्याहरु हुन् ।

अस्टियोपोरोसिसले हङ्खीहरुलाई कमजोर बनाउँछ र तीनीहरुलाई सजिलै भाँचिन सहयोग हुन्छ । यो समस्या आउने कारणहरु निम्न छन् ।

उमेर, मदिरा सेवन, केही नियमहरु, व्यायामको अभाव, कम तौल,धुम्रपान ।

यो रोग पत्ता लगाउन एक्स रे,अल्ट्रासाउण्ड उपचार प्रयोग गरेर हङ्खी को घनत्व नाप्दछन् ।

महिलाहरुले स्वस्थ बानी र नियमित हेरचाह गरेर आफ्नो क्यान्सर र अन्य सामान्य रोगहरुको जोखिम कम गर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्