Logo

ह्याङओभर एकै मिनेटमा हटाउने



कहिलेकाँही साथीहरुको साथमा पार्टीमा जमघट भई पिउँने गर्छन् । अधिल्लो दिन धेरै रक्सी पिउँने गरेमा त्यसको भोलिपल्ट ह्याङओभर हुने गर्छ, जसमा टाउको दुखाइ, थकान हुने गर्छ । हुन त रक्सी पिउँनु आफैमा हानीकारक हो । तैपनि कहिलेकाँही ह्याङओभरको समस्या हुँदा केही टिप्सले मद्दत मिल्न सक्छ ।

१. तातो पानीले नुहाउँनुहोस् । ः ह्याङओभर ह्ँदा तातोपानीले नुहाएर आराम गर्नूहोस् । यसले समस्याको समाधान गर्न सक्छ ।

२. पानी धेरै पिउँनु ः ह्याङओभरको समस्या बाट मुक्ति पाउँने सहज उपाय पानी धेरै पिउँने हो । पानीले शरीरबाट टोक्सिन एक्स्ब्रेट निकाल्छ र समस्या कम हुन्छ ।

३.दहीको सेवन ः दहीमा बहुसख्यक मात्रामा लाभदायक पौष्टिकतत्व हुने भएकोले यसको सेवनले ह्याङओभरको समस्यालाई दुर गर्न सकिन्छ ।

४. कागती पानी ःकागती पानीले ह्याङओभरको समस्यालाई कम गर्ने गर्छ । कागती पानीमा चिनी मिसाएर पिउँदा झन धेरै फाइदा गर्छ । यसमा साइट्रिक एसिड प्रशस्त पाइन्छ ।

५. मिक्स फलफुलको जुस ः भिटामिन सी युक्त फलफुलको जुस खाँदा, यसमा प्रशस्त मात्रामा हुने साइट्रिक एसिडले ह्याङओभर हटाउनको लागि निकै लाभदायी भुमिका खेल्छ ।



प्रतिक्रिया दिनुहोस्