काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भैरहेको छ । प्रधानमन्त्री ओलीको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी छिन् ।
मंगलबार अस्पताल परिसरमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. शाहले यस्तो बताएकी हुन् । कुराकानी गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको बताइन्।
उनले अघि थपिन्,‘हामी कनफर्म र कन्फिडेन्स नभएसम्म उहाँलाई डिस्चार्ज गर्दैनौं, सम्भवतः अबको २–३ दिनमा उहाँलाई डिस्चार्ज गर्न सकिन्छ । डिस्चार्ज गर्नुभन्दा पहिलेनै सञ्चारकर्मीलाई यसबारे जानकारी दिन्छौं । अहिलेनै उहाँलाई डिस्चार्ज गर्न सकिने अवस्था रहेपनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको हो ।’
उनकाअनुसार सामान्य मानिसलेजस्तै जिउन प्रधानमन्त्री ओलीलाई कम्तिमा ६ महिनादेखि १ वर्षसम्म लाग्नेछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम