Logo

भीमलाई हजार हात्तीको बल कसरी आयो



युद्धवंशी राजा शुरसेनको छोरी प्राथना र छोरा वसुदेव थिए । राजा शुरसेनले कन्यालाई सन्तात नभएकी फुपु कुन्तीभोजको काखमा दिएका थिए ।

जब कुन्ती बाल्यावस्थामा थिईन, उक्त समयमा उनले ऋषि दुर्वासको सेवा गरेकी थिइन् । उनको सेवादेखि प्रसन्न भई ऋषिले कुन्तीलाई एक मन्त्र दिए, उक्त मन्त्रले कुनै पनि देवतालाई बोलाएर उसले पुत्र प्राप्त गर्न सक्थिन् । विवाहको अघिल्लो दिन यो मन्त्रको शक्ति देख्नको लागि कुन्तीले सुर्यदेवलाई बोलाइन् । जसको परिणाम स्वरुप कर्णको जन्म भयो ।

महाराजा पान्डुका दास्रो विवाह मद्रदेशको राजकुमारी माद्रीसँग भयो । एक पटक पान्डु सिकार खेल्न गएका थिए, उक्त समय किन्दम नामका ऋषि आफ्नो पत्नीसँग सहवास गर्दै थिए । त्यसैबेला राजा पान्डुले वाण चलाइदिए । मर्नुभन्दा पहिला ऋषिले पान्डुलाई आफ्नी पत्नीसँग सहवास गरेमा पान्डुको मृत्यु हुनेछ भनी श्राप दिए ।

ऋषिको श्रापसुनेर राजा पान्डुले राजपाट त्याग गरे र वनवासी भए । कुन्ती र माद्री पनि आफ्नो पतिको साथमा वनमा गए । ऋषि दुर्वासाले कुन्तीलाई दिएको मन्त्रबारे पान्डुले थाहा भयो र उनले कुन्तीलाई धर्मराजलाई बोलाउन लगाए र धर्मराज युधिष्ठिरको जन्म भयो । यसै गरी वायुदेवको अंशबाट भीम र देवराज , इन्द्रको अंशबाट अर्जुनको जन्म भयो । कुन्तीले यो कु्रा माद्रीलाई बताइन् र माद्रीले आश्विन कुमारबाट नकुल र सहदेवको जन्म भयो ।

कुन्ती पुत्र भीममा हजार हात्तीको बल थियो भनी मानिएको छ । उनले एक पटक नर्मदा नदीको प्रवाह रोकेका थिए ।युद्धमा भीम भन्दा धेरै शक्तिशाली सिर्फ उनका पुत्र थिए ।

गान्धारीको ठुलो छोरा दुर्योधन र गान्धारीको भाई शकुनी, कुन्तीको छोरो मार्नको लागि नयाँ नयाँ योजना बनाउँदै थिए । उनीहरुको योजनाको क्रममा दुष्ट दुर्योधनले धोकाले भीमको विष पिलाएर उक्त गंगा नदीमा फ्याकिदिए । मुर्छित अवस्थामा भीम भएको ठाउँमा नागहरु आए । उनै नागहरुले भीमको शरीरको विष निकालीदिए ।

जब भीम मुर्छाबाट बिउँझिए तब उनले नागहरुलाई मार्न शूरु गरिदिए । यो खबर नागराज वासुकिलाई पुग्यो र उनी स्वम भीमको नजिक आए । वासुकिको साथी आर्यक नागले भीमलाई चिनाए । आर्यक नाग भीमको मावली पट्टीमा हजुरबुवा थिए । उनले भीमलाई धोकाबाट नदिमा बगाएको किस्सा सुनाए । यो कुरा सुनेर आर्यक नागले भीमलाई हजारौ हात्तीको बल प्रदान गर्ने कुण्डको रुप पिलाए र जसको कारण भमि शक्तिशाली भए ।



प्रतिक्रिया दिनुहोस्