एजेन्सी, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली नेतामध्येका हुन् । उनी दुई दशकयता रुसको नेतृत्व गर्दै आएका छन् ।
रुसको संविधानमा दुईपटक राष्ट्रपति भएपछि निरन्तर अर्को कार्यकाल राष्ट्रपति बन्न नपाइने व्यवस्था छ । विगतमा पुटिन दुईपटक राष्ट्रपति बनेर अर्को कार्यकाल प्रधानमन्त्री बने । त्यस अवधिमा आफ्ना विश्वासपात्र मेडवेडेभलाई राष्ट्रपति बनाए । तेस्रो कार्यकाल पुनः राष्ट्रपति निर्वाचित भएर अहिले चौंथो कार्यकाल राष्ट्रपति बनेका छन् ।
हालको संवैधानिक व्यवस्था अनुसार पुटिन अर्को कार्यकाल राष्ट्रपति बन्न पाउनेछैनन् । त्यसैले उनी संविधान संशोधनको तयारीमा छन् । संविधान संशोधन गरेर राष्ट्रपति कार्यकाल असिमित बनाउने गरी बढेका छन् । यतिमात्र नभई उनी राष्ट्रपतिलाई अझ शक्तिशाली बनाउने कानुन बनाउन खोज्दैछन् । उनले हालैमात्र रुसले शक्तिशाली राष्ट्रपति प्रणाली चाहेको प्रतिक्रिया दिएका छन् । शक्तिको बाँडफाँड भएमा द्धन्द्ध बढ्ने औल्याएका छन् ।