Logo

कोरोनाभाइरसः न्यूयोर्कमा नियन्त्रित इलाका घोषणा



न्यूयोर्क, फागुन २८ । अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।

न्यूयोर्कका गभर्नर कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवतः धेरै सङ्क्रमितहरू भएको क्षेत्र रहेको बताए।न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।

बीबीसीका अनुसार त्यहाँ न्याश्नल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ।उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।क्वारन्टीनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्‍याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।



प्रतिक्रिया दिनुहोस्