काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्नको लागि सरकारले सर्वदलीय बैठक बोलाएको छ । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बोलाईएको छ ।
सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाईएको हो । मन्त्री पोखरेलको नेतृत्वमा नै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समिति समेत गठन गरेको छ । समितिको अहिलेसम्म दुई पटक बैठक बसिसकेको छ । file photo