Logo

टर्कीमा कोरोनाको पहिलो केस दर्ता



एजेन्सी २८ फागुन । टर्कीमा कोरोना भाइरस (कोभिड १९) को पहिलो केस दर्ता भएको पुष्टि टर्की नेश्नल टेलिभिजनले गरेको छ । उक्त भाइरसको संक्रमणमा टर्कीस नागरिक परेको जनाइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको र उनलाई क्वारेन्टाइनमा राखिएको जनाकारी समेत टर्की नेश्नल टेलिभिजनले दिएको छ ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण रुस लगायत सय देशहरुमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकालिन समेत घोषणा गरिसकेको छ । चीनबाहेक दक्षीण कोरिया, इरान र इटलीमा उक्त भाइरसको प्रभाव अत्याधिक मात्रामा देखा परेको छ ।

चीनमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको जनाइएको छ । उक्त भाइरसको संक्रमणबाट ६० हजार मानिस उपचारपछि सकुसल घर फर्केका छन् । विश्वभर एक ला ख १० हजार मानिस उक्त भाइरसको संक्रमणमा परेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्