Logo

नर्वेका रक्षा मन्त्री जेन्सन क्वारेन्टाइनमा



एजेन्सी, २८ फागुन । नर्वेका रक्षा मन्त्री जेन्सनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ । रक्षा मन्त्री फ्रान्क बाक्के जेन्सनले आगामी सम्पूर्ण भ्रमण र बैठक स्थिगित गरेका छन् ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण सय देशहरुमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकालिन समेत घोषणा गरिसकेको छ । चीनबाहेक दक्षीण कोरिया, इरान र इटलीमा उक्त भाइरसको प्रभाव अत्याधिक मात्रामा देखा परेको छ ।

चीनमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको जनाइएको छ । उक्त भाइरसको संक्रमणबाट ६० हजार मानिस उपचारपछि सकुसल घर फर्केका छन् । विश्वभर एक ला ख १० हजार मानिस उक्त भाइरसको संक्रमणमा परेको जनाइएको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्