Logo

गाजा सहित युवती पक्राउ



भक्तपुर, २८ फागुन । अवैध लागूऔषध गाँजा सहित युवतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका नगरकोट बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १.५ किलो सहित सुर्खेत घर भई हाल काठमाडौं सिनामंगल बस्ने २० वर्षीया जेनिशा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना.२८ प २५३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो । साथै उक्त मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot