काठमाडौं, २८ फागुन । लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकम सहित सिंगापुर नागरिक तान घिम चिवङ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा ऋजष्यलन ले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चिवङलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।