राक्षस मरिचको रुपमा सीतालाई सुनौलो चीलको रुपमा दखे र उनले श्रीराम र लक्ष्मणलाई देखाइदिए । तब लक्ष्मणले भने, मलाई लाग्छ राक्षस मृगको रुपमा आएको छ, यसरी जानीजानी भुतले धेरै राजाहरुलाई मारेको छ । सीतालाई उनले जिउँर्दै समात्न आग्रह गरेर भने यदि जिवितै समातियो भने धनुषवाणको आवश्यकता किन थियो । यस्तो अवस्थामा दौडेर मृगलाई समात्न सकिदैन, यसलाई समात्न त मोहनास्त्रद्वारा मात्र एक विकल्प देखियो । आफ्नो साथमा उनले शस्त्रसहित धनुषवाण लिएर गए । उनलाई आशंका थियो कि मृग मरिच नै हो र हतियार बोकेर जान अनिवार्य थियो ।
यद्यपि वाल्मीकि रामायणमा बताइएको छ, उनलाई जीवितै पक्रिएर ल्याएमा सीताजीले उसको छालाबाट आफ्नो आसान बनाउने चाहना राखेकी थिइन् । श्रीरामजीले धेरै ठाउँमा लक्ष्मणलाई फुल, घास, काठ, पातहरु ल्याएर ओछ्यान बनाउने आदेश दिएका थिए । जब श्रीरामले हिरणलाई पछ्याउन कटिबद्ध थिए, उनले लक्ष्मणलाई भने हे लक्ष्मण तपाईले मलाई भन्नु भएको यदि यो मृग हो र राक्षसी माया हो भने यो मानृू मेरो कर्तव्य हो । किनकि यो दृष्टले मुनाहरुलाई मारेको छ । यो बाट प्रस्ट हुन्छ कि श्रीरामले त्यो पशुलाई मरिच मान्थे तर सुनका हिरणलाई होइन । लक्ष्मण उनको सेवा गर्नका लागि आएका थिए । उनले केही स्थानमा झोपडी र ओछ्यानहरु तयार पारी, जनावरलाई मारेर जल, कन्दमुल, जरा र फलहरु ल्याउने गर्थे ।
स्पस्ट नै छ कि श्रीरामले स्थितिको गम्भीरता बुझिरहेका थिए । मरिचको सामथ्र्य वा मायाको बारेमा थाहा पाएर लक्ष्मणलाई पठाएर उनलाई समस्यामा पार्न चाहेनन् । उनलाई गाह्रो परिस्थितीमा आफ्नो पुरुषत्वमा विश्वास थियो । यसैले यस्ता ठुला समस्याका पनि सामना गर्नुपरेको थियो । त्यो समयमा दुश्मनले १४ हजार राक्षसको सेना लिएर आक्रमण गरेका थिए । उक्त समय श्रीरामले लक्ष्मणलाई युद्धको आदेश दिएर स्यमले पनि युद्धमा होमिएका थिए र लक्ष्मणलाई सीताजीको रक्षाको लागि नियुक्ति गरेका थिए ।
यस्तो प्रकारको परिस्थितीको पनि सिर्जना गरीएको थियो । यी सबै कुराको गम्भीर दृष्टिकोणले हेर्दा श्रीरामले सिकार गर्ने हेतुले होइन तर उ चाही मारीच भएको पत्ता लगाएर कडा युद्ध गरेका थिए ।
रामायणका अन्य भागमा दृष्ट दमनकारी युद्ध बाहेक त्यस अवधिमा कुनै हिंसा भएको पाइदैन । जुन समय महात्मा भरतजी चित्रकुटमा श्रीरामलाई भेट्न आउँछन्, उनले सम्पुर्ण राजनितिको बारेमा सोधेर राजनितिको उपदेश दिन्छन् । यसमा एउटा बिन्दु आउँछ जसलाई ‘हिंसा भिर भिर्वारिता’ भनिन्छ ।
अयोध्या हिंसाबाट पुर्णरुपमा स्वतन्त्र थियो । श्रीरामको राज्यभिषेक हुने वाला थियो, महाराज दशरथजी ले श्रीरामलाई उपदेश दिदै दुव्र्यसनीहरु लत हो र जसमा सिकार राजाहरुको लागि पहिलो दुर्भाग्य हो भने । यसबाट स्पष्ट हुन्छ कि श्रीरामजी माथी कुनै लत नभएपनि बाबुको उपदेश प्रचार गर्नु उनले आफ्नो कर्तव्य ठानेको भनिएको छ ।