Logo

पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला



मस्को, फागुन २९ । रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ। राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ। तर, नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनेछन्।

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो। सदनमा ४३ जना अनुपस्थित रहेका थिए। संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ।



प्रतिक्रिया दिनुहोस्