Logo

इटालीमा एकैदिन १९६ को मृत्यु



काठमाडौँ, २९ फागुन । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन् । विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको हो ।

इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको बताएको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । बुधबार इटलीमा मात्रै थप १९६ जनाको मृत्यु भएको बताएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको बताएको छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्