Logo

रुसले आसपासका संक्रमित मूलुकहरुको हवाई उडान राक्ने



२९ फागुन । रुसले अस्थायी रुपमा इटली, जर्मनी, स्पेन र फ्रान्सको हवाई उडानमा प्रतिबन्ध लगाउने भएको छ । रुसले मार्च १३ देखि उक्त देशहरुको यात्रुबाहक विमानहरुमा रोक लगाउने जानकारी दिएको हो।

कोरोना भाइरसको उच्च जोखिममा रहेको ती देहरुको यात्रुबाहक विमानहरुमा रोक लगाउने रुसी सञ्चारमाध्यम तासले जनाएको छ । उक्त देशहरुको यात्रुबाहक विमान रोक लगाउने सुचना रुसले ती देशलाई अग्रीम जानकारी दिइसकेको समेत जनाइएको छ ।

रुसले कार्गो विमानमा प्रतिबन्ध नलगाउने विषय स्पष्ट पारेको छ । कार्गो विमानहरुलाई मस्कोको शेरमेत्योभो टर्मिनलबाट उडान भर्ने अनुमति दिइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्