Logo

कोरोनाले २०२० को ओलम्पिकमा असर नपर्ने जापानको उद्घोष



एजेन्सी, २९ फागुन । कोरोनाको संक्रमणले आलम्पिक २०२० को तयारीमा कुनै असर नपर्ने विषयलाई जापान सरकारले स्पष्ट परको छ । विश्व स्वास्थय संगठनले स्वास्थ्य आपतकालिन धोषणा गरिसकेपनि उक्त खेलको तयारीमा कुनै असर नपर्ने विषयलाई जापानी मुख्य क्याबिनेट सचिव योशीहाइड सुगाले स्पष्ट पारेका हुन् ।

विश्व स्वास्थ्य संगठनको बयानलाई ध्यानमा राखि आलम्पिकको तयारी र खेलको सुरुवात निर्धारित समयमा हुने प्रतिबधता सुगाले गरेका छन् । कोरोनाका उच्च जाखिम अहिलेसम्म जापानमा नदेखिएको कारण आपतकालिन धोषणा गर्न पर्ने आवश्यक नरहेको समेत सुगाले स्पष्ट पारेका छन् । जापानमा कोरोनाको संक्रमण नबढेको कारण डरलाग्दो स्थिती नरहेको समेत उनले बताए । जापानमा कोरोनाको संक्रमणबाट एक हजार तीन सय मानिस पभावित भएको छ । साथै उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या २२ पुगेको जनाइएको छ ।

जापानको राजधानी टोक्योमा सन् २०२० को ओलम्पिक हुनेछ । खेलको सुरुवात सन् २०२० को जुलाई २४ देखि अगस्त ९ सम्म चल्ने जनाइएको छ ।
गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस विश्वब्यापी स्पमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य आपतकालिनको घोषणा भइसकेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२०को मार्च ११ मा विश्वभर कोरोनाले महामारीको रुप लिएको समेत जानकारी दिएको छ ।

चीनबाहेक इटली, दक्षिण कोरिया र इरानमा कोरोनाको संक्रमण बढी देखिएका छ । रुस लगायत विश्वको सय देशहरुमा यसको प्रभाव परेको छ । ताजा रिपोर्ट अनुसार चीनमा कोरोनाको संक्रमणबाट ८० हजार सात सय जना मानिस प्रभावित भएको जनाइएको छ । चीनमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय ६९ पुगेको छ । भाइरसको संक्रमणबाट ६२ हजार सात सय मानिसहरु उपचारपछि सकुसल घर फर्केको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले विश्वभर उक्त भाइरसबाट एक लाख १८ हजार मानिसहरु संक्रमित भएको जनाएको छ । भाइरसको संक्रमणबाट विश्वभर चार हजार दुई सय ९० जनाको मूत्यु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्