काठमाडौं, २९ फागुन । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले वैकल्पिक शक्ति अझ सशक्त बन्ने बताएका छन् । उनले राजपा र समाजवादी पार्टीबीच एकता भएरै छाड्ने समेत बताए । यादवसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
कोरोना भाइरसको रोकथामका लागि सर्वदलीय बैठकमा तपाईंहरुले सरकारलाई के–कस्तो सुझाव दिनुभयो ?
सरकारले जसरी एउटा समिति बनाएर त्यहाँ हामीलाई सहभागी गरायो । त्यसले विश्वमा पैmलिएको कोरोना भाइरसप्रति अहिले हाम्रो राष्ट्रको लागि गम्भीर देखिएको छ ।
संक्रमण नियन्त्रणको लागि सबै दल एकजुट भए हो ?
मुलुकमा कुनै पनि प्राकृतिक संकट आउँदा अहिले मात्रै होइन पहिलादेखि सबै राजनीतिक पार्टीहरु एक भएर त्यसको सामना गर्नुपर्छ भन्ने परम्परा रहेको छ । अहिले पैmलिएको कोरोना भाइरस अहिले राष्ट्रको लागि जटिल समस्या हो । त्यसको सामान सबै मिलेर गर्नुपर्छ भन्ने मान्यताको आधारमा सरकारले अहिलेसम्म गरेका प्रयासहरु पनि सकारात्मक नै रह्यो । त्यसलाई थप प्रभावकारी बनाउनका लागि आफ्ना विचारहरु सरकारलाई हामीले पनि दियौं ।
विश्वका नागरिक र सरकारमा जुन खालका संक्रमण र संन्त्रास छ, नेपालमा अहिलेसम्म कोरोना भाइरस देखिएको छैन यो राम्रो पक्ष हो नि होइन ?
विश्वमा जसरी पैmलिएको त्यसले स्वाभाविक रुपमा त्रासको वातावरण सिर्जना गरेको छ । त्यो नेपाली जनतामा पनि जुन खालको भय र त्रासको वातावर बनेको छ । यसमा हामीले आवतजावतलाई एकद्वार प्रणालीको निर्माण गर्न नसक्नु । अर्को स्थानीयदेखि प्रदेशसम्म सचेतना अपनाउन नसक्नु सरकारका कमीकमजोरीको रुपमा देखिएको छ । जस्तो अस्पतालहरुको क्षमता वृद्धि गर्नुपर्ने, साधनस्रोतबाट अभाव हुन नदिने । प्रदेशहरुमा पनि जहाँ राजधानी छ, त्यहाँ एउटा सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ । कथमकदाचित संक्रमण देखिइहाल्यो भने सजिलैसँग त्यसको सामना गर्न सकियोस् । त्यसैले हाम्रो आएको छैन भनेर ढुक्क हुने होइन अहिलेदेखि नै सचेतना अपनाउनुपर्छ ।
आर्थिक क्षेत्र त प्रभावित छ नि होटेलको कुरा गर्दा सबै सुनसान छ नि ?
यो त अन्तर्राष्ट्रिय प्रभावका कारणले न भएको हो । विश्वव्यापी रुपमा अहिले मुलुक आक्रन्त छ । नेपालमा त्यसको प्रभाव परेको हो । तर, पनि नेपालमा अहिले कुनै समस्या नदेखिँदाको अवस्था पनि जसरी खाद्यान्न, नून, तेल, ग्याँसमा जसरी अभाव सिर्जना गरिएको छ । त्यो सरकारले भन्दा पनि उद्योगी, व्यवसायीहरुले गर्दा भएको हो । सरकारले भनिरहेको छ, कि हाम्रोमा आयातको कुनै समस्या छैन भनेर । औषधिको बारेमा औषधि व्यापारी र उद्योगीहरुले गरेको भन्दा नेपाली जनताले विश्वास गर्न गाह्रो छ । जसरी सीमा क्षेत्रमा कडा चेकजाच गर्नुपर्ने हो त्यो सरकारको रिपोर्ट हेर्दा गरिएको देखिन्छ । यसमा सरकार मात्रै होइन सबै जना मिलेर सचेतना, सावधानी अपनाउनुपर्छ । कुनै व्यापारीहरुले संकटको मौका छोपेर कालाबजारी गरेको पाइएमा सबै सर्वसाधारणले मिलेर सामना गर्नुपर्छ । कालाबजारी गर्नेलाई सरकारले पहिचान गरेर कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।
नेपालको पर्यटन क्षेत्र पनि संकटमा परेको हो ?
संकटमा स्वाभाविक रुपमै छ । किन भने संक्रमित मुलुकहरुमा उडानहरु बन्द नै गरिएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जानेहरु पनि प्रभावित भएका छन् । विदेशीहरुलाई लगभग प्रतिबन्द जस्तै गरिएको छ । त्यसबाट त स्वाभाविक रुपमा प्रभावित हुने भैगो नि । विश्व नै प्रभावित छ भने नेपाल नहुने कुरै छैन । त्यो स्वाभाविक प्रभाव हो । जसरी विश्वमा कोरोना भाइरस पैmलिएको छ नेपालमा पनि त्यसको शंका त गर्नैपर्छ । त्यसको लागि सावधानी अपनाउने कुरामा पछि पर्नुहुँदैन ।
तपाईंहरुको समाजवादी पार्टीसँग एकता हुन्छ कि हुँदैन ?
एकता समय र जनता, कार्यकर्ताको माग हो । वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने यो हुन्छ । ढिलो, चाँडो समाजवादी पार्टीसँग एकता भएरै छाड्छ ।
पूर्वपञ्चहरु एक भइसके अब तपाईंहरु कहिले एक हुनुहुन्छ ?
मधेसमा एउटा कहावत छ, ‘मधेसीहरु एक गज कपडा कहिल्यै फार्दैन, बरु एक थान दिन तयार हुन्छ ।’ त्यस्तै मधेसी पार्टीहरु एक गज कपडा फाल्न तयार छैन । यहाँ मैले भन्न खोजेको कुरा के हो भने एक वर्षदेखि हामी छलफलमा छौं । त्यसबीचमा नेतृत्वको विकास, नाम, झन्डा सबै लगिसकेको छ । अनौपचारिक रुपमा अहिले पनि छलफल भइरहेको छ । हाम्रोतिरबाट यसलाई छिटो गर्ने प्रयास गरौं भनेर जारी छ । दुवै पार्टीको निर्णय चाही सधैंभरी एकता गर्ने छ । निर्णय नहुन्जेसम्म एकताको प्रक्रिया अगाडि बढ्छ ।
त्यसोभए एकता हुन्छ ?
एकता त पक्का हु्रन्छ ।
महाधिवेशन पहिलै एकता हुन्छ कि पहिला महाधिवेशनमा जानुहुन्छ ?
हामीले महाधिवेशनको कुरा ग¥यौ । तर, अहिले महाधिवेशन गर्न खर्चदेखि सबै कुराले बहुत कठिनाइ छ । हुन पनि विधानसिधान केही छैन । त्यसकारण सबैभन्दा एकता गरिहालौं । त्यसपछि झन्डा, नेतृत्व पनि धेरै मिलिसकेको छ, सिद्धान्त पनि समाधानका आधार भनिएको छ । यसमा थोरै जटिलता छ । त्यसलाई मिलाएर सबैले मिलेर एकता गरेर महाधिवेशन गरौं भनेका छौं ।
त्यसोभए एकताको महाधिवेशन बनाउनुहुन्छ ?
हो, एकताको महाधिवेशन गर्ने विचारमा छौं ।