Logo

कम्पनी रजिष्टारका सुब्बा घुससहित रंगेहात अख्तियारको फन्दामा



काठमाडौ, फागुन २९ । घुस लिने र दिने क्रममा नायब सुब्बा र लेखा परिक्षकलाई अख्तियारले बुधवार पक्राउ गरेको छ ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेको सुचनाको आधारमा पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

टोलीले पन्थी र श्रेष्ठ बिच पाँच हजार लिने दिने क्रममा उक्त रकमसहित निजहरु दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्