Logo

प्रधानमन्त्री क्रियाशील हुन समय लाग्दैन- सूर्य थापा



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा प्रष्ट बोल्छन् । उनले प्रधानमन्त्री चाँडै सक्रिय हुने खुलाएका छन् । थापासँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति कस्तो छ ?
प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार भएको छ । उहाँले नियमित खानपान र व्यायम गर्न थाल्नुुभएको छ । हिजो उहाँकी मृगौला दाता भान्जी श्रीमती समीक्षा संग्रौलासँग भेटघाट र कुराकानी भयो । उहाँलाई हिजै डिस्चार्ज गरिएको छ । प्रधानमन्त्रीको स्वास्थयमा चाहीं अपेक्षित रुपमा सुधार हुँदै आएको अवस्था छ ।
प्रधानमन्त्रीलाई कहिलेसम्ममा डिस्चार्ज गराउनुहुन्छ ?
डिस्चार्ज त चिकित्सकहरुले गर्ने हो, हामीले होइन ।
होइन मोटामोटी रुपमा के सहमति भएको छ ?
पूर्व निर्धार समय तोकेर डिस्चार्ज गर्ने होइन । प्रधानमन्त्रीज्यूको स्वास्थ्य स्थितिको प्रतिकूलतालाई हेरेर अन्तोषजनक अवस्था महसुस गरिसकेपछि डिस्चार्ज गर्ने हो । सामान्यतया एक हप्तापछि प्रत्यारोपणका बिरामीहरुलाई डिस्चार्ज गर्ने गरिदोरहेछ । त्यसैले प्रधानमन्त्रीको पनि त्यही हाराहारीको समय उहाँहरुले राख्नुभएको थियो । त्यसमा एक, दुई दिन तलमाथि हुने मात्रै कुरा हो ।
पिसावमा संक्रमणको कुरा आएको छ, त्यो सही हो कि गलत ?
त्यस्तो संक्रमण केही आएको छैन । मिडियाहरुले अमेरिका लगेर प्रत्यारोपण गर्छन्, सिंगापुर लान्छन् भनेर लेखेको थिए । उनीहरु सिंगापुरको टिकट पनि आपैm काट्छन्, संक्रमण पनि उनीहरु आपैmल गराउँछन् । तर, चिकित्सकहरुले चाहीं संक्रमणका कुरा गरेका छैनन् । प्रत्यारोपण गरेका बिरामीका निम्ति अस्पतालले नियमित रुपमा विविध परीक्षण, गर्ने, निगरानीमा राख्ने त अस्पतालको नियमित काम हो ।
पिसाबको रिपोर्ट आइसकेपछि मात्रै डिस्चार्ज हुन्छ भनेर डाक्टरहरु बताएको कुरा आएको छ, वास्तविकता के हो ?
उपचारमा संलग्न कुनै डाक्टरहरुले बताउनुभएको छैन । अहिले अनाधिकृत रुपमा विभिन्न कुराको हवाला दिएर आफ्नो मनोगन कुराहरुको दुश्प्रचार गरिरहेका छन् । चिकित्सकहरुले नियमित पत्रकार भेटभाट र अन्य ठाउँमा संक्रमणका कुराहरु बताउनुभएको छैन । प्रधानमन्त्री बालुवाटार चाइसकेपछि उहाँलाई बस्ने, नियमित भेटघाटका निम्ति र मन्त्रिपरिषद्को बैठक बस्नको निम्ति तदनुरुपको सेटप मिलाउनुपर्ने, व्यवस्थापन गर्नुपर्ने कुरा उहाँका निजी चिकित्सक डा. दिब्या सिंग शाहले बताइसक्नुभएको छ ।
डा. दिब्यासिंह शाहले प्रधानमन्त्रीलाई ६ महिनादेखि १ वर्षसम्म आराम गर्नुपर्छ भन्नुभयो नि काम गर्न नसक्ने अवस्था आयो नि ?
त्यस्तो होइन । उहाँले भनेको कुरा जस्ताकोतस्तै लाइभमा भनेको छु । तपाईं, हामी जस्तो हुनलाई ६ महिना या १ वर्ष दिन लाग्न सक्छ । एक महिना अलीबढी संक्रमण हुन सक्छ, तीन महिना अहिबढी संक्रमण हुन सक्छ । त्यसबेलामा केही आरामसँगै केही धपेडी कम गर्नुपर्छ भन्नुभएको हो । उहाँ सिंगापुर उपचार गराउन जानुभन्दा अगाडि, प्रत्यारोपणमा जानु अगाडि जुन स्वास्थ्य अवस्था थियो त्यस्तो हुन अथवा चुनावभन्दा अगाडि जुन हिसावले मासमा जाने सक्ने अवस्था हुनलाई चाहीं ६ महिनादेखि १ वर्ष लाग्न सक्छ भन्नुभएको हो । प्रधानमन्त्रीले नियमित भेटघाट गर्न, बैठक गर्न र नियमित काम गर्न केही समस्या छैन भनेर डा. दिब्या सिंह शाहले त्यही पत्रकार भेटघाट मैले नै सञ्चालन गरेको थिएँ, त्यहाँ भन्नुभएको हो । त्यसलाई मिडियाहरुले ६ महिना लाग्नेभयो । एक वर्ष लाग्ने भयो भनेर हल्ला गरेका हुन् ।
क्रियाशील भएर काम गर्न समय लाग्छ हो ?
प्रधानमन्त्रीज्यू क्रियाशील हुनका लागि कुनै समय लाग्दैन । चिकित्सकहरु जथाभावी धपेडी नगर्न र सावधानी अपनाउन भन्नुभएको छ । अरु स्वास्थ मान्छे जस्तै हुन चाहीं प्रत्यारोपणका सबै बिरामीलाई समय लाग्छ । त्यो समय प्रधानमन्त्रीज्यूलाई पनि लाग्छ भन्नुभएको हो । तीन महिनापछि चाहीं संक्रमणको खतरा कम हुन्छ भन्ने उहाँहरुको कुरा हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot