एजेन्सी,२९ फागुन । मे ९ मा हुने भिक्ट्री डे सेलिब्रेशन रद्द नहुने भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण भिक्ट्री डे रद्द नहुने विषय क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले जनाएका छन् ।
बिहीबार काजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले कोरोनाका कारण ७५ औँ भिक्ट्री डेको परेड रद्द गरेको जनाइएको छ । क्रेमलिनले भिक्ट्री डे सेलिब्रेशनमा अमेरिका, बेलायत, यूरोपियन यूनियन, उत्तर कोरिया, सिआइएस र एससिओका प्रतिनिधित्व गर्ने सदस्दयहरुलाई आमन्त्रित गरेका छन् ।
उक्त सेलिब्रेशनमा भारत, क्यूबा, फ्रान्स, भेनेजुयला, बलारस, अर्मेनिया लगायतका नेताहरु सहभागी हुने निश्चित भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सो कार्यक्रममा सहभागी नहुने जनाएका छन् ।