Logo

कोरोना भाइरसले सेक्स लाइफमा असर, पुरुषमा बाँझोपनको खतरा



एजेन्सी, २९ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसले मानिसको ज्यान लिनेसंगै यसले पुरुषको अण्डाशयमा क्षती पुग्ने चिनियाँ विज्ञहरुले पत्ता लगाएका छन् । उक्त भाइरसको कारण पुरुषमा बाँझोपनको समस्या सिर्जना हुन सक्ने जनाइएको छ ।

अध्ययनबाट कोरोना संक्रमित व्यक्तिहरुको वीर्य र हार्मेन लेवलमा निकै कमि आउने पत्ता लागेको जनाइएको छ । यसले पुरुषमा रहेको वीर्यको क्षमतालाई घटाउने गर्दछ । भाइरसका कारण उत्पन्न हुने एस प्रोटिन र इनजाइम २ को संयूक्त साझेदारीमा शरीरको कोशिकाहरु मार्ने समते जनाइएको छ । कोरोना संक्रमित व्यक्तिमा विकासहुने एस प्रोटिन र इनजाइम २ (एसिइ २)ले मानिसको छाती, सानो आन्द्रा, मृगौला, ह्दय, थाइरोइको समस्या निम्त्याउने गर्दछ ।

प्रोटिन र इनजाइम २ (एसिइ २) को कारण मानिसको वीर्यमा कमि आउने जनाइएको छ । त्यसैगरि सन् २००३ मा फैलिएको सार्स भाइरसले मानिसको प्रतिरोध प्रणालीमा असर परेको थियो । कोरोना भाइरसले पुरुषको अण्डाशयमा क्षती पुग्ने र वीर्यको गणनामा कमि आउने विज्ञहरु बताउँछन् । कोरोनाले पुरुषको प्रजनन क्षमतामालाई अत्याधिक मात्रामा घटाउने जनाइएको छ । यसले मानिसको सेक्स लाइफलाई असर पार्न सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्