Logo

लिसेस्टरका तीन खेलाडीलाई कोरोना भाइरसको लक्षण



एजेन्सी, २९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलको सशक्त टोली लिसेस्टर सिटीका तीन खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । लिसेस्टरका व्यवस्थापक ब्रेडान रोडगर्सले यसको खुलासा गरेका हुन् ।

लिसेस्टरको पहिलो रोजाईका तीन खेलाडीमा लक्षण देखिएको उल्लेख छ । तर, ती खेलाडीको नाम खुलाइएको छैन । लक्षण देखिएका खेलाडीलाई अलग्गै राखिएको जनाइएको छ ।

शनिबार वार्टफोडसँग खेल्ने तयारीमा रहेको लिसेस्टरलाई धक्का परेको छ । उसले च्याम्पिसन्स लिगमा स्थान बनाउने गरी खेल्ने तयारी गरिरहेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्