एजेन्सी, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउकी पत्नी सोफी ग्रेगोइरी ट्रडिउलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । पत्नीलाई संक्रमित भएपछि दम्पत्ति दुई हप्ताका लागि निवासमै रहने भएका छन् ।
सीएनएनका अनुसार कोरोना भाइरसको लक्षण भेटिएपछि ट्रडिउलाई परीक्षण गरिएको थियो । त्यस क्रममा उनलाई संक्रमण पत्ता लागेको थियो ।
यसैगरी आर्सनलका म्यानजेर मिकेल अर्टेटा र चेल्कीका खेलाडी क्यालुम हुडसन अडोईलाई पनि भाइरसको संक्रमण भएको छ ।
ब्राजिलका राष्ट्रपति जेयर बोलसोनेरोका सहयोगीलाई कोरोनाको संक्रमण भेटिएपछि राष्ट्रपतिको समेत परीक्षण गरिएको छ ।-File Photo