सुर्खेत, ३० फागुन : जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए । उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएका उनले बताए ।
जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।