एजेन्सी, ३० फागुन । संयुक्त राष्ट्रको फिलीपिन्स मिसनका सदस्यलाई कोरोनाको संक्रमण देखा परेको अन्तराष्ट्रिय संगठनका स्रोतले जनाएका छन । न्यू योर्कमा रहेको संयुक्त राष्ट्रको मुख्यालयमा देखा परेको कोरोनाको संक्रमण बिहीबार सार्वजनिक गरिएको हो ।
उनी सोमबार न्यू योर्क आएकी र करिब आदी घण्टा समय बिताएकी थिइन् । कोरोनाको पारदर्शिता र सार्वजनिक सुरक्षालाई मध्यनजर राखि संयुक्त राष्ट्रका फिलीपिन्स मिसनमा रहेकी सहकर्मीलाई कोरोनाको संक्रमण देखा परेको अन्तराष्ट्रिय संगठनका स्रोतले जनाएइका छन् ।
कोरोना भाइरसका कारण फिलीपिन्स समेत लक डाउन भएको छ । सम्पूर्ण पिलीपीनीवासीलाई स्वतह क्वारेन्टाइनमा रहन फिलीपीनी सरकारले आग्रह समेत गरेका छन् । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण रुसलगायत सय देशहरुमा संक्रमण देखा परेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकालिन घोषणा समेत गरिसकेको छ । Photo Source : TASS