Logo

कोरोनाले निम्त्याएको आर्थिक मन्दी



काठमाडौं, ३० फागुन । कोरोना संक्रमण फैलिएर विश्वब्यापी बन्दै गर्दा यसले स्वास्थका साथै प्रभावित देशको अर्थतनत्रमा समेत नकारात्मक असर देखाउन थालेको छ । कोरोना कै कारण ठूला अर्थतन्त्र भएका मुलुकमा समेत आर्थिक मन्दीको संकेत देखा पर्न थालेको छ। तेल उत्पादक अन्य देश र रुसबीच उत्पादन घटाउने विषयमा सहमति नबन्दा विश्वबजारमा तेलको भाउ पनि घटेको छ । विश्व तेल बजारमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशतले गिरावट आएको छ । मार्चको शुरुवाती दिनमा प्रति ब्यारेल ५३ अमेरिकी डलरमा कच्चा तेलको कारोबार भएकोमा हप्ता दिन पनि नबित्दै मुल्यमा गिरावट आई प्रति ब्यारेल ३६ डलरमा झरेको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको मुल्यमा गिरावट आईरहँदा अमेरिकी डलर र सुनको मुल्य भने अक्कासिंदै गएको छ । कोरोना संक्रमणसँगै शूरु भएको आर्थिक क्रियाकलापमा कमी र विश्व हवाई यातायातमा यात्रा गर्ने यात्रुको चापमा आएको कमीका कारण अहिले विश्व बजारमा तेलकोे माग कम भएको विश्लेषकहरुले बताएकाछन् । तेलको माग कम भए पनि उत्पादन भने पहिलेकै गतिमा रहेका कारण पनि तेलको मुल्यमा गिरावट आएको उनिहरुको दावि रहेको छ । तेलको मूल्यमा आएको गिरावटले नेपाली बजारलाई भने राहत दिेने विश्वास गरिएको छ ।
नेपालमा खनिज तेल आपुर्ती गदैृ आएको सरकारी स्वामित्वको नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेकाले उसले हरेक अंग्रेजी महिनाको १५ तारिखमा तेलको मुल्यलाई अन्तर्रा्ष्ट्रिय बजारअनुसार मूल्यमा समायोजन गर्दै आएकाले सम्भवतः आगामी १५ मार्चमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्भावना रहेको छ ।

यतिबेला नेपालको स्टक बजार आशातीत रुपले बढ्न सकेको छैन । तर यो प्रवृती यतिबेला नेपालमा मात्रै नभएर, विश्व सेयरबजारमा समेत देखिएको छ । गत सोमबारको शेयर काराबारलाई हेर्ने हो भने अमेरिका, स्पेन, रसिया, क्यानडा लगायतका देशको सेयर बजार ओरालो लाग्दै आएको पाइन्छ । छिमेकी मुलुक भारतको नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया (एनएसई) मंगलबार ४.९ अंकले ओरालो लाग्यो। यो क्रम एनएसईमा बितेको हप्तादेखि नै जारी छ । भारतीय सेयर बजार मापक बम्बे स्टक एक्सचेन्ज (बीएससी) को कारोबार सोमबार दुई हजार ४६७ अंकले घटेको थियो। यो हालसम्मकै सर्वा्धिक गिरावट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्थ्विद्हरुका अनुसार कोरोना संक्रमणको त्रारकै कारण लगानी बजारमा पर्न सक्ने असरलाई लिएर लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा रहेका छन् ।

उनीहरूमा देखिएको यही संशयका कारण सेयरमा हुने लगानी रोकिएका कारण पनि सेयर बजार प्रभावित हुन पुगेको हो ।“कुनै पनि देशको लगानीको वातावरण राम्रो छ र त्यहाँका कम्पनीले नाफा कमाउने पक्का छ भने लगानीकर्ता त्यस्ता देशमा आउँछन् तर नोक्सान हुने देखेमा उनिहरुले आफ्नो लगानी फिर्ता लैजानु वा लगानीमा रुची नदेखाउनु स्वभाविकै भएको, अर्थ्विद्हरुको धारणा रहेको छ । अरु बेला विश्वबजारसँग खासै सरोकार नराख्ने नेपालको सेयर बजारमा यसपटक कोेरोनाको प्रभाव देखिनु संयोग मात्रै मान्नेहरुको संख्या पनि रहेको छ । बिगत दुइृ बर्षदेखि उत्साहित नदेखिएको नेपाली शेयर बजार अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै गर्दा ह्वात्तै बढेको थियो । तर पुनः दोश्रोपटक खतिवडा अर्थमन्त्रीमा नियुक्त हुनासाथ नेपाली शेयर बजार आफ्नो पुरानै गतिमा फर्किएको छ । मंगलबार बजार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लागेकोसेयर कारोबारमा १ बजेर १८ मिनेट जाँदासम्म दुई पटक नकारात्मक सर्किट ब्रेक लागेको थियो। ६ प्रतिशतभन्दा बढीले गिरावट आएपछि निधारित समयभन्दा डेढ घण्टा अगावै कारोबार बन्द गर्नु परेको थियो ।

अकासिंदो सुनको मुल्य
विश्व बजारमा सुनलाई सबैभन्दा सुरक्षित लगानीका रूपमा लिइन्छ। सुनको लगानी खेर जाँदैन भन्ने लगानीकर्ताको विश्वास छ। त्यसैले यतिबेला लगानीकर्ताहरूको ध्यान सुनमा आकर्षित भएको मान्न सकिन्छ । बितेको यो एक सातामा अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति औंस १८ डलरले बढेको छ। १ मार्चमा सुनको मूल्य प्रति औंस १६४५ थियो। ९ मार्चमा बढेर १६६३ डलर प्रति औंस पुग्यो। यहि गतिमा नेपाली बजारमा समेत सुनको भाउ अकासिएको छ । नेपाली बजारमा बितेको एक सातामा सुनको मुल्यमा चार हजार ७०० रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १९ फागुनमा ७८ हजार प्रति तोला रहेको सुनको मूल्य २७ फागुनमा ८२ हजार ७०० पुगेको थियो । यद्यपी नेपालमा सुनमा लगानी गर्नेको संख्या गणना योग्य नभए पनि व्यक्तिगत प्रयोगकर्तालाई भने यसले प्रत्यक्ष प्रभाव पारेको छ। त्यसमाथी विवाहको मौसम रहेको र यस्तो मौसममा नेपालमा सुनको माग उच्च हुने भएकाले पनि यसले नेपाली समाजलाई नै प्रभावित बनाएको छ । सुनमा देखिएको लगानीकर्ताको यस्तो आकर्षण यस अघि सन् १९८० को विश्व आर्थिक मन्दी र सन् २००८ मा आएको युरोपको आर्थिक मन्दीका बेला पनि देखिएको थियो ।

बढ्योको मुल्य
यतिबेला सबैलाई चकित पार्ने हिसाबले डलरको भाउ पनि बढ्दै गएको छ। यसो हुनुमा लगानीकर्ताहरुको अमेरिकी सुरक्षात्मक उपाय र त्यहाँको मजबुत आर्थिक संरचनाका नै हो । जसका कारण अमेरिकी अर्थतन्त्रमा कोरोनाले कुनै ठुलो असर पु¥याउँदैन भन्ने विश्वास नै हो । त्यस कारण पनि लगानीकर्तामा यतिबेला डलर सञ्चय गर्ने प्रवृत्ती बढेर गएको छ । जसले अमेरिकी डलरको भाउ बढ्नमा मद्दत पुगेको हो । जसको असर भने नेपाललाई निश्चित रुपमा पर्ने देखिएको छ । भारतीय मुद्रासँग नेपाली मुद्राको सटही दर स्थिर भएका कारण भारतीय अर्थतन्त्रमा देखिने असरको स्वभाविक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न जान्छ ।

भारतमा कोरोनाको असर देखिनु र त्यहींको पाँचौँ ठूलो बैंक एस बैंकमा पछिल्लो समय देखा परेको समस्याले भारतीय अर्थतन्त्रलाई बेस्सरी हल्लाई दिएको छ । शेयर बजारमा नकारात्मक असर देखा पर्न थालेकाछन् । जसले त्यहाँ लगानी रहेका विदेशी लगानीकर्ताले धमाधम आफ्नो लगानी फिर्ता लिन थालेका छन्। विदेशी लगानी फिर्ता जाँदा डलरमा भुक्तानी हुन्छ । यसले पनि डलरको भाउ बढाउनमा सहयोग पु¥याएको छ ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्