Logo

दोभाषे अख्तियारको फन्दामा



काठमाडौ, फागुन ३० । दोभाषेको रुपमा कार्यरत एक करारका कर्मचारी २ लाख भ्रष्टचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) ले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई २ लाख रुपैयाँ सहित कपिलबस्तु नगरपालिका १ महामाया प्रेस गौढीचोक, तौलिहवाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमारले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्