काठमाडौं, ३० फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल पर्यटन वर्ष–२०२० बारे छलफल भएको छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण भ्रमण वर्ष नै प्रभावित भएको छ । सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने तयारी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् । कोरोना भाईरसको संक्रमणका कारण मुलुकभित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको मन्त्री भट्टराईको दाबी छ ।
उनले उनले भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना स्पष्ट पारेका हुन् । मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताएका हुन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम