Logo

भाइरस लुकाएर लुक्ने होइन, नेपालमा कसैलाई पनि कोरोना भाइरस छैन- डा.रुना झा, जनस्वास्थ्य प्रयोगशाला निर्देशक



काठमाडौं, ३० फागुन । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले अहिलेसम्मको परीक्षणबाट नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको र संक्रमित पनि ठिक भइसकेकाले कोही पनि संक्रमणमा नरहेको बताएकी छिन् । भाइरस लागेको लुकाएर लुक्ने विषय नभएको भन्दै नेपाल अहिलेसम्म कोरोना भाइरसको संक्रमण मुक्त अवस्थामा रहेको बताएकी छिन् । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
नेपालमा कोरोना भाइरसबाट संक्रमित मान्छेहरु अहिलेसम्म देखिएका छैनन् ?
हामीले परीक्षणको आधारमा बोल्ने हो । त्यसमा पहिला एकजना देखिनुभएको थियो । त्योबाहेक अहिलेसम्मको परीक्षणमा एकजना पनि संक्रमित फेला परेका छैनन् ।
नेपालमा कोरोना भाइरसको परीक्षण कत्तिको विश्वसनीय छ ?
विश्वासनीय नहुनुपर्ने कुनै कारण छ र ?
तपाईं जुन ठाउँमा बसेर काम गरिरहनुभएको मानिसहरु अभैm शंका उपशंका गरिरहेका छन्, तपाईंले के पाउनुभएको छ ?
जनतालाई शंकाउपशंका लागेको जस्तो त मलाई लाग्दैन । हामीले त जति परीक्षण गरेका छौं, त्यसको आधारमा बोल्ने हो ।
अहिलेसम्म कतिजनालाई परीक्षण गर्नुभयो ?
हामीले अहिलेसम्म कोरोनाको शंका लागेका ४ सय ५० जनालाई परीक्षण गरिसकेका छौं ।
तीमध्ये कुनै नेपाली वा विदेशी नागरिकलाई नेपालमा कोरोना भाइरस देखिएको छैन ?
हामीले ती ४ सय ५० जनालाई परीक्षण गर्दा कसैलाई कोरोना भाइरस देखिएको छैन ।
त्यसोभए नेपाल अहिलेसम्म सुरक्षित छ ?
हामीले अहिलेसम्मको परीक्षणमा नेपालमा कोरोना संक्रमित भेटेका छैनौं । जति पनि रुघाखोकी, ज्वरो आयो भने भरर्खरै पनि दोलखा, सिन्धुपाल्चोकबाट बिरामीहरु आएका थिए । तिनीहरुको परीक्षण गर्दा हामी उनीहरुमा इन्फुलाइन्जा भेटिराखेका छौं । एउटा के कुरामा विश्वस्त हुनुपर्छ कि भाइरस जस्तो रोग लुकाउन मिल्दैन ।
त्यसोभए तपाईंहरुले अहिलेसम्म रोग लुकाउनुभएको छैन ?
हामीले लुकाएर लुक्ने चिजै होइन ।
पुनःपरीक्षणको लागि हङकङ पठाइयो भनेर विज्ञहरुले भनिरहेको अवस्था छ ? तपाईंहरुले को कोलाई पठाउनुभयो ?
त्यसरी पुनः परीक्षण भनेर हामीले कसैलाई पनि पठाएका छैनौं । रेकोमेन्डेसनको लागि सुरु १० वटा पोजेटिभ र ५ वटा नेगेटिभ डब्ल्यूएचओको रेटिङ सेन्टरमा भेरिफाइ गराउनु भनेको छ । त्यो हिसावले हामीले नेगेटिभ स्याम्पल पठायौं । पोजेटिभ स्याम्पल अहिलेसम्म नआएकोले पठाएका छैनौं । यसका साथसाथै हाम्रो प्रयोगशालामा गुणस्तर नियन्त्रण कार्यक्रमहरु हुन्छन् । यहाँ जति पनि विशेषज्ञहरु हुनुहुन्छ । उहाँहरु कुनै न कुनै रुपमा गुणस्तर नियन्त्रण प्रयोगशालामा आवद्ध हुनुहुन्छ । त्यहाँ हाम्रो नमुना पनि जान्छ । त्यहाँको नमुना पनि हामीकोमा आउँछ । अहिलेसम्म कोरोना नियन्त्रण कार्यक्रममा अहिलेसम्म आबद्ध भएका छैनौं । अब त्यसमा पनि आबद्ध हुने प्रयास गरिरहेका छौं । हाम्रा सबै टेष्टहरु कतै न कतै आबद्ध छन् । त्यस्तो नराम्रो केही मान्नुपर्दैन ।
हाम्रो ल्याबमा संका गर्नुपर्दैन ?
इन्फुलाइन्जमा गर्नुपर्दैन, मैले सबै ल्याबको कुरा गरेको होइन ?
कोरोना भाइरस कसरी सर्छ, यसबाट बच्न के के गर्नुपर्छ ?
यो भाइरसको बारेमा धेरै कुराहरु आइसकेको छ । कोरोना भाइरस भनेको एउटा संक्रमण बढाउने काम गर्दछ । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सर्ने भनेको सास फेर्दा सर्ने होइन । मानिसले जुन हाछ्युँ गर्दा, खोक्दा सर्ने हो । संक्रमित व्यक्तिको खकार, थुकमा भाइरस हुन सक्छ । त्यस्ता चिजहरुलाई हात छोइयो भने नाक, मुखको माध्यमबाट अरुलाई पनि त्यो भाइरस सर्न सक्छ । यो भाइरस कति समयसम्म जिवित रहन्छ त्यो यति नै भनेर भन्न गाह्रो छ । यसबाट बच्नको लागि सबैभन्दा राम्रो उपय भनेको भीडभाडमा नजाने, हाछ्यूँ या खोकी लागेको मान्छेबाट टाढा रहने, कसैलाई हाछ्यू, खोकी लागेको छ सकभर आफ्नै घरमा बस्ने ।
त्यसभए भोजभतेर, सभासम्मलेनबाट टाढा रहने हो ?
सकेसम्म भीडभाडबाट जोगिनुपर्छ किन भने हामीले जति पनि रिसर्च पेपरहरु पढेका छौं त्यसमा पनि यीनै कुरा उल्लेख छ । यसबाट बच्नलाई सकभर सेल्फ आइसुलेसनमा बस्दा राम्रा हुन्छ ।
कोरोना भाइरसको कुरा गर्दा यसले विश्वव्यापी रुपमा प्रभाव पारेको छ, यसको विरुद्ध नेपालले चालेको कदम प्रभावकारी छ ?
त्यस्तो कुरामा त सबै मैले बोल्न मिल्दैन । त्यसको लागि स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुनुहुन्छ । यसको बारे समग्र रुपमा बोल्ने उहाँको जिम्मेवारी हो ।
तपाईंहरुको परीक्षणमा अहिलेसम्म नेपालमा कोरोना भाइरस छैन, अब नेपालीहरु यसबाट पूर्ण सुुरक्षित छन् भन्न सक्नुहुृन्छ ?
अहिलेसम्म ४ सय ५० जनाको परीक्षण भएको छ । त्यसमा देखिएको छैन । हामीहरुले त अहिलेसम्म जो चिकित्सककोमा जँचाउन जानुभएको छ, त्यसको भरमा बोल्ने हो । पक्कै पनि घरमा संक्रमित भएर त बस्नुभएको छैन होला । फेरि यो एकजनालाई संक्रमण भयो भने धेरै जनालाई सर्न सक्छ । त्यसैले अहिलेसम्म हाम्रो रिपोर्टमा कोरोना भाइरस संक्रमित अहिलेसम्म देखिएका छैनन् । अहिलेसम्म जति पनि रुघा, खोकीहरु फैलिएको त्यो इन्फुलेइन्जाले हो । जचाउँन आउनेमा पनि इन्फूलेइन्जाले हो कोरोना भएको होइन । अरु मुलुकमा फैलिरहेकाले कुनै पनि बेला नेपालमा पनि आउन सक्छ । त्यसको लागि भने हामी पनि सर्तक हुनुपर्छ । त्यसैले हामी चाहीं एकदमै सुुरक्षित छौं भन्न मिल्दैन ।
त्यहाँ जचाउँन आउनेको रिपोर्टमा कोरोना देखिएन, त्यसैले हाम्रो प्रविधि सक्षम छ हो ?
प्रविधि र प्रयोगशालाको लागि ढुक्क भएर बस्नुभए हुन्छ । तर, जति पनि डाक्टरी परीक्षणका रिपोर्टहरु आउँछन्, त्यसमा १०० प्रतिशत ठीक कहिल्यै हुँदैन । कुनै ल्याबको परीक्षण ठीक आउने भनेको ९५ प्रतिशत मात्रै ठीक हुन्छ । ९५ प्रतिशत ठीक आउनुभनेको धेरै राम्रो हो । फेरि हाम्रोमा नेगेटिभ दिनलाई आपत्ति छैन । नेगेटिभमा पनि समस्याहरु छन् नभएको होइन । हेल्थ सम्बन्धी प्रविधि कहिल्यै पनि १०० प्रतिशत ठीक हुन्छ भन्ने होइन । हामीले हेर्दा पनि सानो सम्भावनालाई हेर्दैनौं । ठूलो सम्भावनालाई पहिला हेर्दछौं । त्यो हिसाबले हेर्दा अहिलेसम्मको प्रविधिमा देखिएको छैन । समाजले पनि अहिलेसम्म अपडेट गराइरहेको अवस्था छैन । त्यसले पनि संका चाहीं छ । भोलि पोजेटिभली आयो भने हामीले धेरै सोच्नुपर्ने हुन्छ ।
अहिलेसम्म ६ जनालाई आइसोलेशनमा राखिएको छ नि होइन ?
हो, त्यस्तो डेली नै आइसुलेसनमा बस्नुहुन्छ कोही न कोही ।
त्यसोभए आइसोलेशनमा बस्दैमा संक्रमण देखिँदैन ?
आइसोलेशनमा बस्नु भनेको संक्रमण होइन नि । त्यो त मिडियाले भन्ने हो । आइसोलेशनमा बस्ने भनेको कसैलाई ज्वरोको, कसैलाई खोकीको हो । अर्कै संक्रमणले आइसोलेशनमा बस्ने मान्छेलाई त कोरोना भाइरस भन्न मिल्दैन । अस्पतालमा भर्ना लिनेबित्तिकै हाम्रा मिडियाले कोरोना भयो भन्ने हल्ला गरिदिनुहुन्छ । त्यस्तो नगरिदिन मैले यसै मिडियामार्पmत सबैलाई अनुरोध गरेँ । किन कि त्यो आइसोलेशन भनेको डाक्टरको निगरानीमा राख्ने हो, त्यसमा अरु धेरै रोगहरु पनि हुन्छन् । त्यो त तीन प्रतिशत मात्रै हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot